गजलमा शिर झुकेको छैन



गायक तथा संगीतकार हरि लम्सालले यो शिर झुकेको छैन बोलको गीत गजल सार्वजनिक गरेका छन्।कपिल अन्जानको शब्द रचना र हरि लम्सालको संगीत तथा स्वर रहेको गीतमा देशप्रेमले ओतप्रोत स्वाभिमानी नेपालीको भावना उजागर गरिएको छ।

टुवेल नोट्सको युट्युब च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको गीतमाथि म्युजिक भिडियो पनि निर्माण गरिएको छ। म्युजिक भिडियोमा शंकर पराजुली र आस्था बस्नेतले अभिनय गरेका छन्। शक्ति पाख्रिनको निर्देशनमा बनेको म्युजिक भिडियोमा मिलन एक्स तामाङको छायांकन र अञ्जल शर्माको सम्पादन रहेको छ। म्युजिक भिडियो केशव भट्राई र निरज अर्यालको निर्माणमा तयार पारिएको हो।

प्रतिक्रिया दिनुहोस्