देशका विभिन्न भागमा राहत बाँड्दै ओरेन्टो कम्पनी स्याङ्जा आइपुग्यो



भूपराज बस्याल,स्याङ्जा ।

कोरोनाको दोश्रो भेरिएण्टसँगै भएको लकडाउन बाट पीडित बनेकाहरुलाई सात जिल्लामा राहतको अभियान चलाएको ओरेन्टो मल्टिट्रेड कम्पनी काठमाडौंले स्याङ्जाका विभिन्न क्षेत्रमा राहत वितरण गरेको छ । ूएक गाउँ एक उत्पादन, एक घर एक रोजगार,एक टोल एक बिक्री केन्द्रू नारा दिदै समाज परिवर्तनको खाका बोकेको कम्पनीले सात जिल्लामा राहत वितरण गर्ने योजना अनुरुप स्याङ्जा जिल्लामा आएको कम्पनी बोड सदस्य सुस्मिता खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार वालिङ नगरपालिका ६ मिर्दीमा २५ घर परिवार र भिरकोट नगरपालिका ३ रोजिखोलाका ३२ घर परिवारलाई राहत वितरण गरिएको छ । विपन्न परिवारलाई चामल २५ केजि, दाल २ केजि, नुन २ पोका र तेल १ लिटर वितरण गरिएको हो । यो लकडाउनमा पीडित बनेका घर परिवारलाई केही सहयोग गर्न सकियोस् भन्ने उदेश्यका साथ जनप्रतिनिधिहरुको रोहबरमा उक्त सामाग्री वितरण गरिएको अभियान्ता खड्काले बताउनुभयो ।

आठ जना बोड सदस्यहरुले आ आफ्नो क्षेत्रमा करिब एक लाखको हाराहारीमा राहत बाढ्ने अभियानमा निस्किएको सस्थाका बोर्डअफ डाइरेक्टर राकेश पन्तले जानकारी दिनुभयो । राहत अभियान अन्तर्गत झापा, सुनसरी, मोरङ, स्याङ्जा, काठमाडौ, प्युठान र दाङमा राहत वितरण गर्ने कार्यक्रम रहेको पन्तको भनाइ छ । यी केही जिल्लामा राहत वितरण गरिसकिएको छ भने केहि जिल्लामा वितरण गर्ने कार्य चलिरहेको पनि उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्