बाढीले सुपर मादी हाइड्रोमा क्षति १६० कामदारलाई सुरक्षित स्थानमा सारियो, पोखरामा गस्तीटोल उच्च जोखिममा



न्युज अफ नेपाल, कास्की ।

लगातार परेको पानीको कारण खोलामा बाढी आएसंगै कास्कीको मादी गाउँपालिकामा निमार्णाधीन सुपर मादी हाइड्रोमा ठुलो क्षति पुगेको छ । साढे ७ अर्ब रुपैँया लगानीको सुपर मादी हाइड्रो संचालनमा आउने तयारी हुनै लाग्दा बाढीले बगाएको हो । ४४ मेगावटको उक्त आयोजना बाढीको कारण प्रभावित बन्न पुगेको हो । बाढीको कारण करिब १ अर्ब बढीको क्षति भएको छ ।

लगातार परेको झरीका कारण इलेक्ट्रिक मेकानिकलको मात्रै करिब ३० करोड माथिको क्षति भएको हाइड्रोका अध्यक्ष पुष्पज्योती ढुंगानाले बताउनुभयो । बाढीले ४ वटा इस्काभेटर, ४ वटा टिपर,२ वटा ट्रान्जिट मिक्सर, ६ कम्प्रेसर, ४५० टन बढी डन्डी, १० हजार बोरा सिमेन्ट, ३ क्रसर, पावर हाउसका स्टक्चर बगाएको छ । ‘अहिले सम्म १ अर्ब बढीको क्षति गरिसकेको छ, बाढीले अझैँ कति क्षति गर्छथाहा छैन’उहाँले भन्नुभयो ।

यस्तै बाढीको कारणले खोलामा फसेको १ सय ६० जना कामदारलाई सकुशल उद्दार गरी सुरक्षित स्थानमा ल्याइएको छ । ताङतिङ आमासमूह, हिमालयन नि.मा.विले चियापान तथा खानाको व्यवीथापन समेत गरेको थियो ।
यस्तै बाढीको कारण १४ बस्ती उच्च जोखिममा परेको वडा २ का वडाध्यक्ष एकजंग गुरुङले जानकारी दिनुभयो । वडाको विशेष पहलमा हाइड्रोपावरमा काम गरिरहनुभएका १ सय ६० कामदारलाई उद्धार गरेको जानकारी दिनुभयो ।

उहाँले हिजो देखि परेको अविरल बर्षका कारणे फसेका मजदुरलाई सकुशल सुरक्षित स्थानमा ल्यान उद्धार कार्यमा खटिएका गाउँले, नेपाली सेनालाई आभारी दिनुभयो । यस्तै पोखरा महानगरपालिका वडा १४ को गस्ती बस्तीका १३ घर बाढीको उच्च जोखिममा परेको छ । भने करिब ९ घर जोखिममा परेका छन् । बाढीले घर पछाडीको जमिन कटान गरेपछि अहिले उनीहरु बासस्थानको खोजिमा रहेका छन् ।

उक्त बस्तीमा यति ठुलो कटान पहिलो पटक भएको गस्ती टोल विकास समितिका अध्यक्ष सतबहादुर घर्तीमगरले जानकारी दिनुभयो । ‘मैलो यो ठाउँमा यस्तो भएको आजसम्म थाहा पाएको थिएन । पहिले सामान्य कटान हुदैँ आएको थियो । यसपाली खोला निकै बढेको छ’ उहाँले भन्नुभयो । पोखरा महानगरको फोहोर व्यवस्थापन गर्ने क्षेत्र समेत रहेको उक्त स्थानमा ३५ घर धुरी रहेका छन् भने करिब २ सय जना वसोवास गर्दै आइरहेका छन् ।

उनीहरुको ३५ मध्ये २१ घर जोखिममा रहेकाले कहाँ बस्ने भन्ने बाध्यता भएको बताए । घर्तीमगरले पानी परेको कारण खुला आकास मुनी समेत सुत्न नपाइने बताउनुभयो । ‘खुला आकासमुनी सुतौ भने पनि पानी रोकिएको छैन् । वडाले पाल दिन्छु भनेको छ तर कहिले हो थाहा छैन् ।’ उता वडाले भने उनीहरुलाई घरबाट सारिएको बताएको छ । वडाकै पहलमा जोखिम युक्त घरबाट स्थानान्तरण गर्दै पाल टागेँर बस्ने व्यवस्था गर्ने बताएको छ । लगातार परेको कारण कास्कीका नदी तथा खोलाहरुमा पानीको बहाव निकै बढेकाले सर्तक रहन समेत अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्