हाकिमसँग १५ लाख फिरौती माग्ने सहयोगी पक्राउ



न्युज अफ नेपाल, हेटौंडा ।

बाराको सुवर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीनकुमार श्रीवास्तवलाई एसएमएस र अपरिचित नम्बरबाट फोन गरी १५ लाख रुपियाँ फिरौती मागेको अभियोगमा उहाँकै कार्यालयका सहयोगी युवा पक्राउ परेका छन् ।‘एक घण्टाभित्र पैसा नदिए गोली हानेर हत्या गर्ने’ भन्दै पटकपटक फोन तथा म्यासेज गरी फिरौती माग गरेका सोही गाउँपालिकामा करारमा कार्यरत कार्यालय सहयोगी पक्राउ परेका हुन् ।

बाराको सुवर्ण गापा वडा–४, हर्दिया टोल बस्ने वर्ष २८ का मुकेशप्रसाद यादबले फोन र म्यासेज गरेको देखिएकाले सप्रमाण उनलाई पक्राउ गरी आपराधिक लाभ मुद्धामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले अनुसन्धान टोली गठन गरी सेवाप्रदायक कम्पनीको प्राविधिक सहयोग लिएर अनुसन्धान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्