कन्टेनरबाट ९६ किलो गाँजा बरामद



न्युज अफ नेपाल, हेटौंडा ।

जारी निषेधाज्ञाको समयमा हेटौंडामा प्रहरीले एक कन्टेनरबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । मंगलबार राति करिब १० बजे जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले मनहरीबाट हेटांैडातर्फ आउँदै गरेको ना.२ ख ५५७९ नम्बर कन्टेनरबाट १२ वटा पोकामा लागुऔषध ९६ किलो ४ सय ग्राम गाँजा फेला पारेको हो ।

कन्टेनर चालक मकवानपुरको मनहरी गापा वडा–६ बस्ने वर्ष २५ का सन्तोष आलेमगर, सहचालक वर्ष २१ का मोसा घलान र कन्टेनरका यात्रीका रुपमा रहेका मकवानपुरको कैलाश गापा वडा–८, भार्ता बस्ने वर्ष २४ का उमेश लामालाई नियन्त्रणमा लिइएको हो । प्रारम्भिक अनुसन्धान गर्दा उक्त गाँजा कारोबारमा थप संलग्न व्यक्ति चितवनको राप्ती नपा वडा–२ बस्ने वर्ष ३१ का विष्णु लामा र मकवानपुरको कैलाश गापा वडा–८ बस्ने वर्ष २९ का रोशन मुक्तान रहेको पुष्टि भएपछि उनीहरुलाई बुधबार पक्राउ गरिएको थियो ।

हेटौंडा–११, थाना भ-याङस्थित पूर्वपश्चिम लोकमार्ग सडकखण्डमा कन्टेनर रोक्न खोज्दा फरार भएपछि प्रहरीले पिछा गर्दै हेटौंडा–१०, भुटनदेवी मोडस्थित सडकखण्डमा करिब आधा घण्टापछि फेला पारेको थियो । कन्टेनर चेक गर्दा चालक सिटपछाडि फल्स बटम बनाएर गाँजा लुकाइएको फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस्