सुपरम्यान अभिनेताको निधन



सुपरम्यान, आइकोनिकजस्ता चर्चित हलिउड फिल्मका दिग्गज अभिनेता नेड बिटीको ८३ वर्षको उमेरमा सोमबार निधन भएको छ। बढ्दो उमेरसँगै विभिन्न रोगबाट पीडित उनको अमेरिकाको लस एन्जल्सस्थित आफ्नै घरमा परिवारका साथ रहेको बेला निधन भएको एजेन्सीले जनाएको छ।

पाँच दशक लामो करिअरमा नेडले अभिनयमार्फत दर्शकलाई निकै मनोरञ्जन दिँदै आएका थिए। हलिउडका थुप्रै सफल फिल्ममा अभिनय गरेका उनले सन् १९७६ मा रिलिज भएको फिल्म आइकोेनिकमार्फत धेरै दर्शकको मन जित्न सफल भएका थिए। उक्त फिल्ममा दमदार अभिनयका कारण उनी ओस्कार एकेडेमी फिल्म अवार्डको मनोनयनमा समेत परेका थिए।

फ्रेन्डली फायर, अल द प्रेसिडेन्ट म्यान सिल्बर स्टेक, ब्याक टु स्कुल, द ट्वाई, क्याप्टेन अमेरिका, लाइफजस्ता फिल्ममार्फत धेरैको मन जितेका उनले सानो पर्दाका हाइवे टु हेवन, अमेरिकन प्ले हाउस, ल एन्ड अर्डर,द ब्वाइजजस्ता हिट टेलिभिजन सिरिजमार्फत अभिनयको जादु छरेका थिए।

प्रतिक्रिया दिनुहोस्