सञ्चारमन्त्री थापाद्वारा काउन्सिलको अवलोकन



न्युज अफ नेपाल, काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापाले आज प्रेस काउन्सिल नेपालको अवलोकन भ्रमण गर्नुभएको छ । भ्रमणका क्रममा मन्त्री थापालाई अध्यक्ष बालकृष्ण बस्नेत, सदस्यद्वय दीपक पाण्डे, ठाकुरप्रसाद बेलबासे, प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र भुसाल, वरिष्ठ प्रशासकीय अधिकृत (प्रवक्ता) दीपक खनालसहित कर्मचारीहरूले पुष्पगुच्छाले स्वागत गर्नुभयो ।

सो अवसरमा अध्यक्ष बस्नेतले काउन्सिलले २४ सै घण्टा आर्काइभमार्फत रेकर्ड गर्दै आएको (रेडियो, टेलिभिजन, अनलाइन) अभिलेख प्रणाली, अनुगमन कक्ष, निमार्णधिन प्रेस सङ्ग्राहलयबारे जानकारी दिनुभयो ।

सोही अवसरमा उपप्रशासकीय अधिकृत (सूचना अधिकारी) रामशरण बोहराले अनुगमन गर्ने तरिका, डाटा स्टोरेज, काउन्सिलमा रहेको अभिलेख प्रणाली लगायतका विषयमा जानकारी गराउनु भएको थियो । भ्रमणमा मन्त्रालयका सचिव हरिप्रसाद बस्यालसहित सचिवालय महाशाखा/शाखाका अधिकारीहरूको उपस्थिति रहेको थियो ।

तस्बिरः विपुल पाण्डे

प्रतिक्रिया दिनुहोस्