नेपाल सरकारका सचिव मैनाली सेवानिवृत्त, उपराष्ट्रपति पुनले गरे बिदाइ



न्युज अफ नेपाल, काठमाडौं ।

इमानदार तथा कर्तव्यनिष्ठ छवि बनाएका नेपाल सरकारका सचिव गोपीनाथ मैनाली सेवानिवृत्त भएका छन् ।उपराष्ट्रपति कार्यालयमा कार्यरत रहँदा उमेर हदका कारण सचिव मैनालीले अनिवार्य अवकाश पाएका हुन्। ३९ वर्ष ८ महिना १९ दिन निजामती सेवामा रहेका सचिव मैनालीलाई उपराष्ट्रपति नन्दबहादुर पुनले बिदाइ गरेका छन् ।

अवकाशपछि मैनालीले सामाजिक सञ्जाल फेसबूकमा लेखेका छन्, ‘लामो समय वृत्तिमा रही वृत्तिबाट अलग हुँदाका क्षणहरू संवेगात्मक हुने नै भए, जे होस् सामान्य परिवारमा जन्मेर हिमाल, तराई, पहाड, अग्रपंक्तिका कार्यालयदेखि नीति तहसम्म रही राष्ट्रसेवा गर्ने अवसर पाएकोमा म आफूलाई भाग्यमानी सम्झन्छु । म जहाँ रहे पनि राष्ट्रसेवामा समर्पित हुनेछु ।’ उपराष्ट्रपति कार्यालयमा कार्यरत रहँदा उमेर हदका कारण सचिव मैनालीले अनिवार्य अवकाश पाएका हुन्।

प्रतिक्रिया दिनुहोस्