लकडाउनमा पनि संसद् भवन निर्माण धमाधम

२० महिनामा ३१ प्रतिशतकाम सम्पन्न



मधुसूदन रायमाझी, काठमाडौं । 

लकडाउनका कारण देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबा रभित्र धेरै चहलपहल छैन । सीमित कर्मचारी मात्र उपस्थित भएर कार्यालय सञ्चालन भइरहेको छ । तर,सिंहदरबार भित्रै रहेको राष्ट्रिय महत्वको संघीय संसद् भवन निर्माणको कामभने लकडाउनको अवधिमा पनि धमाधम भइरहेको छ । निर्माणाधीन संसद् भवनमा कामदारहरूलाई स्वास्थ्य माापदण्ड पालना ध्यानदिँदै काम अगाडि बढाइएको छ । मास्कलगाएर असिन पसिन गर्दै कामदारहरू काममा खटिने गरेका छन् ।

भवन निर्माणमा खटिएका तीन सय ५० जनाभन्दा बढी कामदारहरू निर्माणाधीन भवन परिसरभित्रै फरक–फरक क्याम्प बनाएर बस्दै आएका छन् । तर, निर्माण सामग्रीको सहज आयात हुन नसक्दा अपेक्षाकृत रूपमाभने निर्माण कार्य अगाडि बढ्न सकेको छैन ।गतवर्ष लकडाउनको अवधिमा पनि सरकारले भवन निर्माण कार्यलाई निरन्तरता दिएको थियो । शहरी विकास तथा भवन निर्माण विभाग, विशेष भवन आयोजना समन्वय कार्यालयका आयोजना निर्देशक दिलीप शेखर श्रेष्ठ निर्धारित लक्ष्य अनुसारको काम अगाडि बढाउन नसकेको बताउनुहुन्छ । उहाँले भन्नुभयो– ‘लकडाउनकै बीचमा पनि संसद् भवन निर्माणको काम अगाडि बढाएका छौं, हामीले भवन निर्माणमा खटिएका कामदारलाई कोरोना विरुद्धको खोप लगाउन स्वास्थ्य सेवाविभाग सँगमाग गरे पनि अझै सुनुवाइ हुन सकेको छैन ।’ श्रेष्ठले निर्माण सामग्रीको आयातमा सहजीकरण गरिरहेको भए पनि निर्माण व्यवसायीले सहज रूपमा आयात गर्न नसकिरहेको बताउनुभयो । ‘हामीले राखेको लक्ष्य अनुसार काम गर्न लकडाउनले समस्या सृजना गरेको छ, निर्माण सामग्रीको सहजआयात र कामदारलाई भ्याक्सिनको व्यवस्था गर्न पहल गरिरहेका छौं ।’

एक सय ५१ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको १२ वटा भवन निर्माण अहिले भइरहेको छ । अधिकांश भवनको फाउन्डेसनको काम सम्पन्नभएको छ । संसद् भवन परिसरमा निर्माणाधीन सबै भवनको वास्तु कला तथा डिजाइन काठमाडौंको स्थानीय वास्तु कला झल्कने खालको हुनुका साथै हाइ टेक आधुनिक इन्जिनियरिङ डिजाइन प्रविधिलाई अपनाइएको छ ।संसद् भवन परिसर भित्र प्रतिनिधिसभा भवन, राष्ट्रिय सभाभवन, अति विशिष्ट व्यक्तिहरूको कार्यालय भवन, संसदीयदलको कार्यालय भवन, संसदीय समितिको भवन, संसदीय सचिवालयको भवन, चमेना गृह, पुस्तकालय र संग्रहालय, प्रेस र छपाइ भवन, सात सयवटा सवारी साधन अटाउने पार्किङ स्थल र सुरक्षाकर्मी बस्ने भवनको अहिले धमाधम निर्माण भइरहेको छ । संसद् भवन परिसरभित्र हरियाली चौर, पानीको फोहोरा, सार्वजनिक खुला चौर रहनुका साथै आपत्कालीन विशेष अवस्थाहरू भूकम्प आगलागीलाई ध्यानमा राखेर इन्जिनियरिङ डिजाइन गरिएको छ ।

राष्ट्रिय महत्वको दृष्टिकोणले महत्वपूर्ण मानिएको संसद् भवन निर्माणको कामलाई समय सीमाभित्र नै सम्पन्न गर्न लागिपरेपछि लकडाउनको कारण सोचेअनुसार अगाडि बढाउन नसकिएको विभागका सिनियर डिभिजन इन्जिनियर हिमाल केसी बताउनुहुन्छ । निर्माण शुरूभएको करिब २० महिनाको अवधिमा ३१ प्रतिशतकाम सम्पन्न भएको विभागले बताएको छ ।निर्माणको जिम्मेवारी पाएको टुन्डी-सेक ज्वाइन्ट भेन्चरले हालतीन सय ५० कामदारको प्रयोग गरेर भवन निर्माणको काम अगाडि बढाइरहेको छ । संसद् भवन परिसरभित्र निर्माणाधीन संसद् भवनसँग ११ वटा कार्यालयहरू एक अर्कासँग जोडेर निर्माण भइरहेको छ । भवन निर्माणका क्रममा गुणस्तरीयता कायम गर्नका लागि तोकिएको कन्सल्टेन्स साथै आयोजना काइन्जिनियरहरूले नियमितरूपमा अनुगम नगर्दै आएका छन् ।

निर्माणको जिम्मेवारी पाएको टुन्डी-सेक ज्वाइन्ट भेन्चरले पनि समयसीमा भित्र नै संसद् भवननिर्माण सम्पन्न गर्ने लक्ष्य राखे पनि लकडाउनको कारण सोचे अनुसारको काम गर्न नसकेको बताएको छ । टुन्डी निर्माण सेवाका सञ्चालक सुमन सुवेदीले लकडाउनको अवधिमा पनि संसद् भवन निर्माणमा स्वास्थ्य मापदण्ड पालनागर्दै कामलाई निरन्तरता दिएको बताउनुभयो ।संसद् भवनको विस्तृत संरचनाको डिजाइन डिगीकोन इन्जिनियरिङ कन्सल्टेन्सी प्रालिले गरेको थियो भने योजना तथा वास्तुकलाको जिम्माइन्गर कन्सल्टेन्सीले प्रालिले गरेको थियो । संसद् भवनको २०७६ असोज १ गते प्रधानमन्त्री केपीशर्मा ओलीले शिलान्यास गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्