स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ



सञ्जय कार्की, रौतहट ।

स्रोत नखुलेको रकम सहित दुई जना भारतीय नागरिक लाई प्रहरीले बुधबार पक्राउ गरेको छ । भारत बाट रौतहटको परोहा आउदै गरेको बी आर ०५ आर ४५२१ नम्बरको मोटरसाईकल लाई प्रहरीले चेकजाँच गर्दा भारतको मोतिहारी जिल्ला घोडासहन निबासी २२ बर्षिय बन्टि कुमार कलवार र र २० बर्षिय २० सुरज कलवार लाई स्रोत नखुलेको रकम सहित पक्राउ गरेको छ ।

उनीहरुको साथ बाट प्रहरीले तीस लाख छयत्तर हजार नगद सहित पक्राउ गरेको छ । प्रहरी उपरिक्षक सिध्दी बिक्रम शाहले पक्राउ परेकाहरुको थप अनुसन्धान भैरहेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्