कोभिडको दुष्प्रभाव वेल जुस उद्योगमा, उत्पादनमा ह्रास



विष्णु तिमिल्सिना, बर्दिया ।

कोभिड १९ को नकारात्मक मानिसहरुमा मात्र नभएर बर्दियाका खाता जैविक मार्गमा रहेका सामुदायिकबनहरुको संयुक्त प्रयासमा संचालित बेल जुस उद्योगमा पनि दुषप्रभाव परेको छ । मधुवन नगरपालिका वार्ड न २ ओराली बजारमा रहेको नव दुर्गा सामुदायिक बेल उद्योग बाट विगत वर्षहरुमा ५० देखि ६० हजार (५ सय ग्राम) बोटल जुस उत्पादन हुने गरेकोमा गएको वर्ष देखि उत्पादनमा हस आएको छ । कोभिड १९ को पहिलो चरणमा ६ हजार बोटल मात्र उत्पादन भएको थियो भने यस वर्ष करिब ८ हजार बोटल मात्र उत्पादन हुन सक्ने उद्योगका प्राविधिक गीता प्रसाद भटराईले बताउनु भयो ।

कोभिडको कारणले लकडाउन भै बेल टिपनका लागी उपभोक्ताहरु जंगलमा जाने ओसार पसार गर्ने काम बन्द भएकाले गत वर्ष निकै कम मात्र बेलको दाना संकलन भएको र यस वर्ष पनि जम्मा १ सय क्वीन्टल बेलमात्र संकलन गर्न सकिएकोले करिब ८ हजार बोटल सम्म उत्पादन गर्न सकिने आशा व्यक्त गर्नुभयो । बेल टिपेर संकलन गर्ने कार्य चैत्र र बैशाख महिनामा हुने भएकाले त्यहि समयमा लकडाउन हुँदा बेल संकलन तथा जुस उत्पादनमा बाधा परेको हो ।

प्राकृतिकि रुपले सामुदायिक वनमा उत्पादित बेल लाई टिपेर प्रशोधन गरी उत्पादन गरिएको बेलको जुस आयुर्वेदिक चिकित्सा पद्धतिका अनुसार पेट रोगीका लागी अत्यन्त राम्रो मानिन्छ । उक्त जुसको पारखीहरु जुसको सेवनले स्वास्थ्यलाई धेरै सकारात्मक प्रभाव पारेको बताउछन । विशेष गरी पखाला लागेको समयमा र शितलताको लागि यो जुसको सेवनले निकै राम्रो फाइदा गर्ने गरेको पाइन्छ । बर्दिया जिल्लाको चिनारीको रुपमा परिचित उक्त जुसको एकमात्रा बरावर ३ भाग शुद्ध पानी मिसाएर सेवन गर्ने गरिन्छ ।

सामुदायिक बनका उपभोक्ताहरुले संकलन गरेको बेलका दानलाई ८ रुपैया किलोका दरले उद्योगले खरिद गरेर दानाको गुणस्तर छुटयाई जुस उत्पादनमा प्रयोगमा ल्याउने गरिन्छ । उक्त कार्यका लागी विगत वर्षहरुमा २० देखि २५ जना सम्म कर्मचारी रहने गरेकोमा अहिले कोभिडका कारणले १० जना बाट उद्योग संचालन गरिरहेको प्राविधिक गीता प्रसाद भटराइले बताउनु भयो ।

२०६२ सालमा २६ वटा सामुदायिक वनको सात लाख रुपैया लगानी र जैविक कोरिडोर ताल कार्यक्रम बाट ५ लाख रुपैयाको उपकरण सहयोग बाट स्थापना भएको उद्योगको स्तर बृद्धि र व्यवस्थापनका लागी स्थानिय तथा प्रदेश सरकारले चासो खारेर प्राविधिक तथा आर्थिक सहयोग गरेमा बर्दिया जिल्लाको चिनारीको रुपमा परिचित बेल उद्योगलाई अझ व्यवस्थित र दिगो हुने सक्ने उद्योगका संचालक कृष्ण परियारले बताउनु भयो । प्रत्येक वर्ष १० देखि १७ लाख सम्मको जुस विक्रिहुने गरेको परियारले बताउनु भयो ।

 

प्रतिक्रिया दिनुहोस्