फक्ताङलुङको फेदीमा भक्तशाला निर्माण



दिलकुमार लिम्बू, ताप्लेजुङ ।

समुद्र सतहदेखि चार हजार ५ सय मिटर उचाइमा पर्ने ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका—६ फक्ताङलुङ हिमालको फेदीमा भक्तजनहरूको लागि भक्तशाला निर्माण कार्य भइरहेको छ ।सेन्छेई फक्ताङलुङ संरक्षण संवद्र्धन समितिको अगुवाइमा भक्तशाला निर्माण कार्य अगाडि निर्माण भइरहेको समितिका अध्यक्ष दीपक ताम्मादेनले बताउनुभयो ।

किराँत धर्मावलम्बीहरूको पवित्र धार्मिक आस्थाको केन्द्रको रूपमा रहेको फक्ताङलुङ हिमालमा दर्शन गर्न आउने दर्शनार्थीहरूको लागि भक्तशाला निर्माण गर्न लागेको ताम्मादेनले बताउनुभयो । निर्माणका लागि १ नम्बर प्रदेश सरकारमार्पmत १० लाख रुपैयाँ र देश विदेशमा रहेका सहयोगी व्यक्तिहरूबाट सहयोग संकलन गरी जम्मा ६० लाख रूपैयाँ लागतमा भक्तशाला निर्माण हुने सेन्छेई फक्ताङलुङ संरक्षण संवद्र्धन समितिका सचिव केदारराज लिम्बूले बताउनुभयो ।
निर्माणाधीन भक्तशालामा तीन सय जना बस्ने क्षमताको निर्माण हुनेछ । चार तीर रड, सिमेन्टको पोल उठाएर ट्रसको छानो हुने छ । आवश्यक बारबेर गर्ने समितिले जनाएको छ । आवश्यक सामग्री ताप्लेजुङको सदरमुकाम फुङ्लिङदेखि ढुवानी गर्ने निकै समस्या भएको समितिले जनाएको छ । निर्माण सामग्री मान्छेले बोकेर पु-याउनुपर्ने हुन्छ । फक्ताङलुङ गाउँपलिका—५ रानी पुलदेखि पाँच दिन पैदल यात्रा गरेर पुग्न सकिन्छ । त्यसैले, आवश्यक निर्माण सामग्री ढुवानी गर्ने समस्या भएको हो ।

उच्च हिमालको फेदीमा किराँतीहरूले प्रत्येक वर्ष तीर्थ जाने तीर्थस्थलको रूपमा रहेको फक्ताङलुमा पुग्ने गरेको लिम्बूले बताउनुभयो । हिमाली क्षेत्र भएकाले तीर्थयात्रीहरू विगतका वर्षहरूमा पाल ढाकेर बस्ता हिउँ पर्ने भएका विभिन्न समस्याहरू खेप्नुपर्ने भएकाले भक्तशाला निर्माण गर्न लागेको सेन्छेई फक्ताङलुङ संरक्षण संवद्र्धन समितिका सल्लाहकार ज्ञानु फुरुम्बो (चरपे)ले बताउनुभयो ।१६औं राष्ट्रिय विभूति फाल्गुन्द लिङदेनले १ सय ५० जना आफ्नो चेलाहरूसँग १९९३ सालमा पहिलोपटक फक्ताङलुङमा पुगेर तपस्या गरेको इतिहास रहिआएको छ । त्यसपछि फक्ताङलुङमा तीर्थ जाने प्रचलनको विकास भएको फुरुम्बोले बताउनुभयो ।२०६९ सालमा तीन सय जना किराँतीहरू फक्ताङलुङमा पुगेर विश्व शान्तिको कामना गरेको थियो । त्यसपछि प्रत्येक वर्ष फक्ताङलुमाको दर्शन

गर्न पुग्नेहरूको संख्या वृद्धि हुँदै गएको छ । २०७० सालमा सात सय जना पुगेको समितिको तथ्यांकमा उल्लेख रहेको छ ।फक्ताङलुङमा दर्शन गर्ने सिजन भनेका भदौ, असोज र कात्तिक गरि तीन महिना तीर्थयात्रीहरूको घुइँचो हुने गर्दछ ।फक्ताङलुङलाई धार्मिक पर्यटन स्थलको रूपमा विकास गर्न नेपाल सरकार तथा पर्यटन बोर्डले एउटा क्याम्प (पर्यटक बास बस्ने स्थान) स्थापना गरेको छ । बाह्य पर्यटकहरू वर्षमा तीन सय जनाको हाराहारीमा फक्ताङलुङको दर्शन गर्न पुग्ने गरेको फुरुम्बोले बताउनुभयो ।नेपाल, भारत लागयत देशहरूबाट विषेश गरेर किराँत धर्मावलम्बीहरू प्रत्येक वर्षमा ७ सय जना फक्ताङलुङमा को दशर्न गर्न पुग्ने गरेको फुरुम्बोले बताउनुभयो ।फक्ताङलाई धार्मिक पर्यटकीयस्थलको रूपमा विकास गर्नका लागि थप नेपाल सरकार तथा पर्यटन मन्त्रालयले आगामी आर्थिक वर्ष २०७८-७९ मा एक करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्