वातावरण दिवसमा फोटोग्राफी कन्टेस्ट



हेटौंडा, (नेस)।

हेटौंडा–४ मा रहेको नवोदय शिशु सदन विद्यालयमा नवोदय फोटोग्राफी कन्टेस्ट भएको छ। विश्व वातावरण दिवसको अवसरमा भर्चुअल प्रविधिमार्फत् भएको फोटोग्राफी कन्टेस्टमा रोनश उप्रेती प्रथम भएका छन् ।

५२ जनाले सहभागिता जनाएको प्रतियोगितामा सुम्निमा राई द्वितीय हुन सफल भइन्। ३० प्रतिशत फेसबुक लाइक, ३० प्रतिशत भोटिङ र ४० प्रतिशत निर्णायकको मतका आधारमा नतिजा तयार पारिएको विद्यालयका शिक्षक इशाक राईले जानकारी गराए। क्रियटिभ आर्ट शिक्षकको समन्वयमा भएको कार्यक्रममा प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिका प्रशासन महाशाखा प्रमुख रामकृष्ण थापाले हावा र पानी स्वच्छ सफा भए मात्र मानिस स्वस्थ रहनेमा जोड दिए।

विद्यार्थीको प्रतिभा प्रस्फुटन यसरी वातावरणसँग जोडिएर गराएकोमा तारिफयोग्य छु उनले भने– वातावरण स्वच्छ राख्न कुरा मात्र होइन, काम पनि गर्नुपर्दछ। कार्यक्रममा विषय शिक्षक प्रलय चौलागाईंले धन्यवाद ज्ञापन गरेका थिए।वातावरण प्रदूषण हुँदा प्रकृतिसँगै मानिसलाई कस्तो असर पु-याउँछ भन्ने विषयलाई विद्यार्थीले नाटकमार्फत् प्रस्तुत गरेका थिए। वातावरण दिवसको अवसरमा फोटो प्रदर्शनी र वातावरणसम्बन्धि गीत प्रस्तुत गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्