कर्फ्यु तोडेपछि टाइगर र दिशाविरुद्ध मुद्दा दायर



बलिउड अभिनेता टाइगर श्राफ र अभिनेत्री दिशा पटानीविरुद्ध भारतको मुम्बईमा जारी कर्फ्यु तोडेको आरोपमा मुद्दा दर्ता भएको छ। भारतमा नेसनल क्रसको रुपमा चिनिने यो जोडीले बिना कुनै कारण कर्फ्यु लागिरहेको समयमा गाडीमा घुम्न निस्किएपछि महामारीको नियम उल्लंघन गरेको भन्दै भारतीय दण्ड संहिता १८८ अनुसार मुद्दा दायर गरिएको अनलाइन अमर उजालाले जनाएको छ।

मुम्बईमा बिना कुनै कारण दिउँसो दुई बजेपछि हिँडडुल गर्न समेत प्रतिबन्ध गरिए पनि टाइगर र दिशा भने साँझसम्म बान्द्रा बस स्ट्यान्डको वरिपरि गाडीमा घुमिरहेको भेटिएपछि प्रहरीले उनीहरुलाई सोधपुछ गर्दा बाहिर निस्किनुको कुनै कारण नपाएकाले उनीहरुको आधार कार्ड र लाइसेन्स जाँच गरेर छोडे पनि प्रहरीले नै उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो। जिम सकेर घुम्न निस्किएका टाइगर गाडीको पछिल्लो सिटमा र दिशा अगाडिको सिटमा बसेर घुमिरहेका बेला प्रहरीले रोकेर सोधपुछ गरिरहेको उनीहरुको फोटो सामाजिक सञ्जालमा भाइरल भएपछि कोरोना महामारी र ब्ल्याक फंगल्सजस्ता रोगबाट मानिसहरु बिरामी भइरहेको अवस्थामा चर्चित सेलिब्रेटी भने घुम्न निस्किएको भन्दै उनीहरुको कार्यको विरोध भइरहेको छ। केही समयअघि पनि टाइगर र दिशा कोभिड–१९ का कारण लगाइएको निषेधाज्ञाका बाबजुद माल्दिभ्समा छुद्मी मनाउन गएपछि सामाजिक सञ्जालमा टझोल भएका थिए। लामो समयदेखि डेट गरिरहेका टाइगर र दिशाले आप्mनो प्रेम सम्बन्धबारे भने औपचारिक रुपमा मुख खोलेका छैनन्।

प्रतिक्रिया दिनुहोस्