सुदूरपश्चिममा वल्र्ड भिजनको एक करोड बढीको स्वास्थ्य सामग्री



विमल विष्ट , डोटी ।

कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि वल्र्ड भिजन इन्टरनेसनल नेपालले सुदूरपश्चिम प्रदेशमा १ करोड ६० लाखभन्दा बढीको स्वास्थ्य सामग्री सहयोग गरेको छ ।उक्त संस्थाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि यहाँका कोरोना बढी प्रभावित भएका पाँच जिल्ला कैलाली, कञ्चनपुर, अछाम, बझाङ तथा डोटीका लागि भन्दै ४ सय ४० वटा अक्सिजन सिलिन्डर, १० वटा अक्सिजन कन्सन्ट्रेटर, ३ सय ८० वटा इन्फ्रारेड थर्मोमिटर, ३सय ८० वटा पल्स अक्सिमिटर, ४५ थान पीपीई सेट, २५ वटा अस्पताल श्यया, मास्क, सेनिटाइजर लगायतका स्वास्थ्य सामग्री प्रदान गरेको हो ।

संस्थाले प्रदान गरेका स्वास्थ्य सामग्रीमध्ये सुदूरपश्चिम प्रदेशका कैलालीमा ८५ अक्सिजन सिलिन्डर, अछाम, बझाङ र डोटीमा प्रतिजिल्ला ७० अक्सिजन सिलिन्डर, ७० इन्फ्रारेड थर्मोमिटर, ७० पल्स अक्सिमिटर र ७० थान पीपीई सेट, तथा कन्चनपुरमा ४५ थान अक्सिजन सिलिन्डर र २५ थान पीपीई सेट वितरण गरिएको वल्र्ड भिजन इन्टरनेसनलका कोभिड–१९ प्रतिकार्य प्रबन्धक तथा फिल्ड अपरेसन म्यानेजर चेतराज भट्टराईले जानकारी दिनुभयो ।उहाँका अनुसार स्वास्थ्य सामग्रीहरूमा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका स्थानीय तहहरूमा सञ्चालनमा रहेका कोभिड अस्पतालमा प्रयोगमा ल्याइनेछ । सहयोग गरिएका स्वास्थ्य सामग्रीमध्ये सुदूरपश्चिम प्रदेश सरकारलाई १ सय थान अक्सिजन सिलिन्डर, १० थान अक्सिजन कन्सन्ट्रेटर, २५ अस्पताल श्यया, र, १ सय थान इन्फ्रारेड थर्मामिटर, १ सय थान पल्स अक्सिमिटर, १ सय थान पीपीई सेट, मास्क, सेनिटाइटजर र बाँकि विभिन्न जिल्लामा वितरण गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्