कृषिमा उत्पादनमुलक कार्यक्रमका खाँचो



नेपाल समाचारपत्र, काठमाडौं ।

कृषि क्षेत्रका विज्ञ तथा व्यवसायीले व्यावसायिक कृषिका लागि उत्पादनमुलक कार्यक्रम र नीतिको खाँचो औल्याएका छन् । उनीहरुले कृषिको बजेट र अनुदानमा समानताको आवश्यकतामा पनि जोड दिएका छन् ।

बुधबार आयोजित वेबीनारमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका कृषि सचिव डा।योगेन्द्रकुमार कार्कीले मन्त्रालयले साना र सिमान्तकृत किसानका लागि सहुलियत दरमा ऋण उपलब्ध गराउन पहल गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो–‘मन्त्रालयले १० लाखभन्दा कम रकम सहुलियत ब्याजदरमा किसानलाई उपलब्ध गराउने विषयमा बैंकहरुसँग छलफल गरिरहेका छौं ।’कृषि बीमाको कभरेजलाई कसरी बढाउने भन्नेमा आफूहरु लागि परेको भन्दै सचिव कार्कीले कृषि ज्ञान केन्द्रमार्फत यस विषयमा किसानलाई सूचना दिनुपर्ने बताउनुभयो । उहाँले संघ, प्रदेश र स्थानीय तहमा अनुदानको दायरा एउटै हुनुपर्ने भन्दै यसले एकरुपता आउने र दोहोरपना घट्ने बताउनुभयो । उहाँले कोभिड १९ को कारण कृषिमा परेको असरलाई कसरी समेटेर लैजाने भनेर मन्त्रालयले योजना बनाएको बताउनुभयो ।

विदेशी राष्ट्रले गरेका कृषिका प्राटिक्सलाई सिक्दै अगाडि बढाउँदै जानुपर्ने उहाँको भनाइ छ । उहाँले प्राङ्गारिक, जैविक मललगायतका कृषिसम्बन्धी राम्रा कार्यक्रम आए पनि त्यो पर्याप्त भने नभएको बताउनुभयो । सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि कृषि क्षेत्रमा विनियोजन गरेको बजेट तुलनात्मक रुपमा सन्तोषणजनक रहेको उहाँको भनाइ छ । उहाँले आर्थिक अध्यादेश प्रमाणीकरमा सरकारले कृषकलाई छुटको दायरा बढाएको बताउनुभयो ।मिडिया इन्टरनेसनलद्वारा आयोजित कार्यक्रममा बैंक तथा वित्तीय संस्था परिसंघ नेपालका अध्यक्ष पवन गोल्यानले कृषि क्षेत्रमा साना किसानको विकासमा टेवा पु-याउनु आवश्यक रहेको बताउनुभयो । उहाँले सरकारले कृषिमा छुट्याएको बजेट वास्तविक कृषकसम्म पुग्न नसकोको बताउनुभयो । कृषिमा सीप, मल, कृषियन्त्र, सिँचाइको अभाव र बजारीकरणको समस्या रहेको भन्दै बजेट जतिसुकै आए पनि केही नहुने बताउनुभयो । उहाँले कृषिको प्रशोधन, उत्पादन भएका वस्तुको बजारीकरणका लागि संरचना बनाउनुपर्ने बताउनुभयो । कृषि कर्जा प्रवाहमा आफूले पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले कृषिका लागि आन्दोलन नै आवश्यक भएकोमा जोड दिनुभयो ।

उत्पादन गर्ने व्यक्ति सबै समान छन् सबै कुराको विकास भयो, तर उत्पादन र कृषिको व्यवसायमा विकास भएन, यसका लागि आन्दोलन नै गर्नु परे पनि म तयार छु’त्यस्तै कृषि उद्यमी गुणचन्द्र विष्टले कृषिको बजेट परम्परागतभन्दा माथि जान नसकेको बताउनुभयो । उहाँले सरकारले ल्याएको बजेटमा पैसा थुपार्नेभन्दा केही नयाँ कार्यक्रम नदेखिएको उल्लेख गर्नुभयो । कृषिमा बजेट केही पनि छैन, ६० प्रतिशत कृषिमा आश्रित हुँदा बजेट ३ प्रतिशत पनि छैन’ उहाँले भन्नुभयो । त्यस्तै कफी व्यवसायी महासंघका संस्थापक अध्यक्ष एवं कफी उद्यमी ढकेश्वर घिमिरेले कफी क्षेत्रमा नीतिगत, अनुसन्धान तथा उत्पादन बढाउने विषयमा समस्या भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्