वर्षाले सडकसहित विद्यालयमा लाखौँको क्षेत्री



विमल विष्ट, डोटी ।

केहीदिन यतादेखि जिल्लामा भइरहेको लगातारको वर्षातका कारण यहाँका विभिन्न स्थानमा क्षेत्री पु-याएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार वर्षातका कारण पहिराले यहाँका बिभिन्न ठाउँमा रहेका ग्रामिण सडक, कुलादेखि विद्यालयमा समेत क्षेती पु-याएको निवेदन दर्ता हुने क्रम बढेको छ ।बर्षातका कारण यहाँका विपिनगर गड्सेरा, सायल, आदर्श, मुडभारा सडकमा चिरा परेको पर्नुका साथै सडक समेत भत्किएको बताइएको छ ।

समयमै मर्मत सम्भार नगरिए यहाँका गाउँमा सडकमा सवारी साधन चलाउन नसकिने अवस्थामा भएका गड्सेराका लिलाधर विष्टले जानकारी दिनुभयो । यसै सिलसिलामा तीन-चार दिनदेखिको लगातारको वर्षातले जिल्लाको बडिकेदार गाउँपालिका–२ मा रहेको बर्छैन माध्यमिक विद्यालयमा समेत लाखौँको क्षेती पुगेको छ ।वर्षातले विद्यालयको पर्खाल भत्किदा विद्यालयमा समेत क्षेती पुगेको बिद्यालयका प्राचार्य इन्द्रबहादुर बमले बताउनुभयो । उहाँले भन्नुभयो, “बर्षातले पर्खाल भत्काएको छ, बिद्यालय भवनमा समेत चिरा परेको छ, बिद्यार्थीलाई पढाउन समस्या हुने स्थिती आएको छ ।”

प्रतिक्रिया दिनुहोस्