किमविरुद्ध कर्मचारीकै उजुरी



अमेरिकी टेलिभिजन स्टार तथा मोडल किम कार्डसियन बेलाबेलामा कुनै न कुनै कारण चर्चा र विवादमा आइरहन्छिन्। हाल भने उनी आप्mना पूर्वकर्मचारीले लगाएको अभियोगका कारण चर्चामा आएकी छिन्।

किमको क्यालिफोर्नियाको हिडन हिल्सस्थित निवासका पूर्व सात स्टाफले आफ्नो तलब ढिलो भुक्तान गरेको भन्दै उनीमाथि उजुरी दायर गरेका छन्। किमको घरको रेखदेख गर्न राखिएका ती कर्मचारीले किमले आफूहरुको तलब लामो समयसम्म रोकेको र पहिले पाएको तलबबाट १० प्रतिशत काटे पनि उक्त रकम सरकारलाई करसमेत नबुझाएको उल्लेख गरेका छन्।लस एन्जल्समा दायर गरिएको उजुरीमा कर्मचारीहरुले आफूहरुले ओभर टाईम काम गरेको पैसा नदिएको तथा खान र अवकासको अनुमति नदिएकोलगायतका आरोप उल्लेख गरिएको छ । समाचारमा एक कर्मचारीको भनाइ उद्धृत गर्दै भनिएको छ ञएक १६ वर्षको कर्मचारीले हप्तामा ४८ घण्टाभन्दा बढी काम गरे पनि उसलाई अधिक समय काम गरेको तलब दिइएन। उसको बारेमा अर्को कर्मचारीले सवाल उठाउँदा उसलाई कामबाट नै निकालियो। हामी बाँकि कर्मचारी छिद्मै नै हाम्रो तलब भुक्तान होला भन्ने आशामा छौँ।

कर्मचारीको तर्फबाट मुद्दा हेरिरहेका फ्र्याकं किमका अनुसार लस एन्जल्समा मजदुरी चोरी र श्रमिक शोषण एक ठूलो समस्याको रुपमा रहेको छ। यस्ता मुद्दा शक्तिशाली परिवार तथा व्यापारीहरुविरुद्ध आउने गरेको उनले बताएका छन्। किमको प्रवक्ताका अनुसार भने ती कर्मचारीलाई भाडामा कामदार खोजिदिने व्यक्तिको माध्यमबाट लिइएको र उक्त व्यक्तिलाई नै उनीहरुको तलब दिइएको बताएका छन्। आफ्नो घरभित्रको कर्मचारीको कसरी प्रबन्ध गरिएको बारे किमलाई जानकारी नभएको र यो विवाद कर्मचारी र उनीहरुलाई काम लगाइदिने पक्षबीचको भएकोले यसलाई कसरी सुल्झाउने भन्नेबारे पनि किमलाई मतलब नभएको उनले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्