मकाउबाट फर्की आउँला



वैदेशिक रोजगारको क्रममा विभिन्न देशमा रहँदा प्रवासीले भोग्नुपर्ने कथा व्यथालाई समेटेर तयार पारिएको लघु फिल्म फर्की आउँलाको प्रोमो रिलिज भएको छ।

एक जमानाको लोकप्रिय टेलिशृंखला हिजोआजका कुरामा लामो समय काम गरी पछिल्लो समय विभिन्न देशमा वैदेशिक रोजगारीमा बिताएका कलाकार रमेश अधिकारीको कथामा लघु यो छोटो फिल्म तयार पारिएको हो। सामाजिक सञ्जालमा देखिने हाइफाई विदेशी दृश्यभित्र लुकेका पीडा र परिस्थितिलाई कथामा समेटिएको निर्देशक तुला पर्वतले बताए।

म्युजिक भिडियो निर्देशन गर्दै आएका निर्देशक पर्वतले यो लघु फिल्ममा विदेशमा देखिने विषयवस्तुलाई जस्ताको त्यस्तै आफूले पस्किएको बताए। चिनियाँ विशेष प्रशासकीय क्षेत्र मकाउमा छायांकन गरिएको लघु फिल्ममा रमेश अधिकारीसँगै श्रीराम पोखरेल, सागर अधिकारी, मोहन कुमार, सुरज अधिकारी, संगीता खनाल, सुनिता अधिकारी र प्रेम तामाध्रले अभिनय गरेका छन्। फिल्मको छायांकन र सम्पादन पनि निर्देशक पर्वतले नै गरेका छन्।

प्रतिक्रिया दिनुहोस्