कालापत्थरमा कमेडी गरेर गिनिज बुकमा लेखाइयो नाम



स्ट्यान्डअप कमेडियनको समूह नेपग्याजमले सगरमाथाको कालापत्थरमा स्ट्यान्डअप कमेडी गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम दर्ता गराएको छ।
नेपग्याजमका तर्फबाट उमेशकुमार गौतम (यूकेजी) र लोकमणि त्रिताल (रमेश अंकलको छोरो) ले गत वैशाख २० मा ५ हजार ६ सय ४३ मिटरको उचाइमा स्ट्यान्डअप कमेडी प्रस्तुत गरेका थिए।

प्रदूषणरहित समाजको परिकल्पना, हर अनुहारमा मुस्कान नेपग्याजमको चाहना भन्ने नारासहित कमेडी प्रस्तुतिका लागि नेपग्याजमले गिनिज बुक अफ वल्र्ड रेकर्डबाट अनुमति लिएर उनीहरु त्यहाँ पुगेका थिए। नेपग्याजम मिडिया एन्ड प्रोडक्सनका निर्देशक सन्तोष देवकोटाले विश्व रेकर्ड कायम भएको आधिकारिक घोषणा भइसके पनि कोरोना महामारीका कारण प्रमाणपत्र आउन केही समय लाग्ने बताए। कलाकार उमेशले स्वस्थ मनोरञ्जनात्मक सामग्री समेटिएको तीस+तीस मिनेटको दुईवटा स्ट्याण्डअप कमेडी प्रस्तुत गरिएको बताए।

प्रतिक्रिया दिनुहोस्