हँसाउने आदर्शको रुवाउने वेदना



कृष्णउदास खनाल , वीरगञ्ज ।

टेलिभिजन रियालिटी शो कमेडियन च्याम्पियनबाट लोकप्रियता कमाएका कमेडियन हुन् वीरगञ्जका आदर्श मिश्र। कार्यक्रम कमेडी भएकाले त्यसमा जतिसक्दो हँसाउने प्रयास थियो उनको, तर हाँसोसँगै पीडा पनि थियो आदर्शको। घरमा मृगौलाका बिरामी बुबा छाडेर मुटुभरि पीडा बोकेर हँसाउन कमेडी च्याम्पियनमा पुगेका थिए आदर्श। उनले सके जति हँसाए पनि, तर अरुलाई हँसाउने आदर्श आज आफै रोइरहेका छन्। त्यो पनि राज्यको गलत नीति र स्थानीय अस्पतालको लापरबाहीका कारण।

उनका पिता विनोद मिश्र एक विद्यालयको इमान्दार शिक्षक थिए। सात वर्षदेखि मृगौला रोगले थलिई डायलोसिस गर्दै आएका विनोद सबैको आँखाका नानी थिए। विनोदलाई मृगौलाको उपचार हुँदै गर्दा कोरोना संक्रमण भयो। आदर्शले गत मंगलबार बुवालाई उपचारका लागि नियमित उपचार भइरहेको अस्पताल नेसनल मेडिकल अस्पतालमा पुड्डयाए। तर, कोरोना संक्रमण भएको भन्दै कुनै अर्को विकल्प नदिई अस्पतालले फर्काइदियो। त्यसपछि, आदर्शले आफ्ना पितालाई नारायणी अस्पताल पु-याए। अस्पतालकी एकजना नर्सलाई कुन्नी के को हतार थियो, उनले निर्धारित समयभन्दा कम अवधिमा नै विनोदको डायलासिस गराइदिइन्। जसका कारण विनोदको अवस्था बिग्रँदै गयो। पिताको स्वास्थ्य अवस्था गम्भीर हुन थालेपछि आदर्शले भरतपुर लगे तर बचाउन सकेनन्।

आदर्शले विनोदको काजक्रियामा बसिरहेकै समयमा अस्पतालको वास्तविक अवस्था दर्शाउँदै भिडियो सार्वजनिक गरे। विनोदको मृगौला प्रत्यारोपणको कुरा पनि भएको थियो। तर, हुन सकेन। वर्तमान मृगौला प्रत्यारोपणसम्बन्धी नियम परिवर्तन गर्नुपर्ने आदर्शको वेदनाले स्पष्ट पारेको छ। यसअघि, गत सोमबार रौतहटकी १७ वर्षीया किशोरीको पनि वीरगञ्जमा उपचार नपाएर निधन भएको थियो।पिताको निधनपछि आदर्शले वीरगञ्जकै नेसनल मेडिकल कलेज र नारायणी अस्पतालले हत्या गरेको आरोप लगाएका छन्। ञनेसनल मेडिकल कलेजमा ११ वटा डाइलासिस मेसिन छ, तर उसले राम्रोसँग सेवा प्रवाह गर्दैन। रकम लिएर पनि सेवा राम्रो नदिनुको कारण भने कलेजका सञ्चालक बसुरुद्दिनको प्रधानमन्त्री केपी ओलीसहित सबैसँग राम्रो उठबस भएकाले होु आदर्शको आरोप छ।

गुन्डा लगाएर बिरामी र उसका आफन्तलाई तह लगाउने गरेको आदर्शले स्पष्ट पारेका छन्। तर, कलेजले आफ्नो गल्ती लुकाउँदै कोभिडका बिरामीको डाइलासिस गर्ने व्यवस्था नभएको जनाएको छ। कलेजका निर्देशक डा. प्रमोद सरार्फले आफूले कोरोना संक्रमितका लागि डाइलासिस मेसिन नराखेको बताए। जबकि, ११ वटा मेसिनमा ३ वटा मेसिन उसले कोभिडका बिरामीका लागि छुद्मयाउनुपर्ने सुझाब धेरैले दिएका छन्।नारायणी अस्पताल भने राजनीतिक दलको भर्ती केन्द्र बनेको स्थानीयको आरोप छ। अस्पताल विकास समितिका अध्यक्ष रहेका पुरेन्द्रकिशोर लाभले भने अस्पतालमा बिग्रिएको डाइलासिस मेसिन बनाउने मान्छे खोजी भइरहेको बताए।

प्रतिक्रिया दिनुहोस्