हाम्रो टिम नेपालद्धारा ओखलढुंगामा स्वास्थ्य सामाग्री सहयोग



लिला सुनुवार, ओखलढुंगा ।

लकडाउन देखि नै कोभिट १९ ( कोरोना भाइरसका ) कारणले मारमा पर्दै आएकाहरुलाई निशुल्का खाना वितरण तथा विभिन्न स्वास्थ्य सामाग्रीहरु वितरण गर्दै आई रहेको हाम्रो टिम नेपालले ओखलढुंगामा स्वास्थ्य सामाग्री सहयोग उपलब्ध गराएको ।

सामाजिक अभियान्ता ईशा गुरुङ मार्फत सिद्धिचरण नगरपालिका ८ का नागरिकहरुका लागी नेपाली काग्रेसका कार्यवाहाक कोषाध्यक्ष सर्बधन तामाङलाई २ हजार थान मास्क र १० लिटर सेनिटाईजर र सिद्धिचरण नगरपालिका ४ रुम्जाटारका नागरिकहरुका लागी आयुष्मा गुरुङ मार्फत वितरण गर्ने गरि १ हजार थानमाक्स उपलब्ध गराईएको कत्तारबाट टोप प्रसाद धमलाले जानकारी गराएका छन ।

प्रतिक्रिया दिनुहोस्