खेलाडीलाई जातीय दुव्र्यवहार गर्ने पक्राउ



लन्डन, (एजेन्सी)

इङ्ग्लिस प्रिमियर लिग फुटबल क्लब टोटेनह्याम हट्सपरका खेलाडीहरूलाई जातीय दुव्र्यवहार गर्ने आठ जना पक्राउ परेका छन् ।
टोटेनह्यामका खेलाडीहरूलाई जातीय दुव्र्यवहार गरेको भन्दै त्यहाँको नगर प्रहरीले आठ जनालाई पक्राउ गरेको जनाएको हो । अभियुक्त सबैलाई सामाजिक सञ्जालमार्फत् टोटेनह्यामका खेलाडीलाई जातीय दुव्र्यवहार गरेको आरोप लगाइएको छ ।

जातीय दुव्र्यवहारका सम्बन्धमा टोटेनह्यामका खेलाडीहरूले गुनासो गरेपछि स्थानीय प्रहरीले घटनाको छानविन शुरू गरेको थियो । प्रहरीले अनुसन्धानकै क्रममा आठ जनालाई पक्राउ गरेको हो । गत अप्रिल ११ मा सम्पन्न म्यानचेस्टर युनाइटेडविरुद्धको खेलमा ३–१ ले पराजित भएपछि खेलाडीलाई दुव्र्यवहार गरिएको बताइएको छ । अभियुक्तहरूले ट्विटरमार्फत खेलाडीलाई अपमानजनक सन्देशहरू पठाएका थिए ।

प्रतिक्रिया दिनुहोस्