साउदीबाट ढकालले पठाए मेट्रो अस्पताललाई २५ हजार



तुलसीपुर ।

साउदीको अल जौफबाट एक नेपालीले तुलसीपुरको मेट्रो अस्पताललाई २५ हजार सहयोग गर्नुभएको छ । तुलसीपुर उपमहानगरपालिका–१ न्युरोड टोल निबासी मिनप्रसाद धितालले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि आर्थिक सहयोग गरेको बताउनुभयो ।

मेट्रो अस्पतालमा निर्माण गरिएको आइसोलसनमा अहिले कोरोना संक्रमित बिरामीको उपचार भइरहेको छ । अक्सिजन र आइसोलेसन व्यवस्थापनका लागि सहयोग गरेको धितालले बताउनुभयो ।

‘म रोजगारीका लागि विदेशमा भएपनि मेरो मन नेपालमै छ । मेरो श्रीमती र छोराछोरी पनि नेपालमै छन् ,’ धितालले भन्नुभयो–‘ हामी बिरामी हुँदा उपचारका लागि जाने अस्पताल पनि त्यही हो । त्यसैले आफ्नो कर्तव्य सम्झेर दुःख सुख गरेर कमाएको पैसा पठाएको हुँ ।’

प्रतिक्रिया दिनुहोस्