काठमाडौबाट पठाईएका रित्ता सिलिन्डर भर्न नेपालगन्ज पठाउने तयारी 



ललित सिंह ,बझाङ ।

काठमाडौंबाट जिल्ला अस्पताल बझाङ पुर्‍याएका सिलिन्डर खाली भनिएका ७ वटा सिलिन्डर भर्न नेपालगन्ज पुर्‍याउने तयारी छ ।कोभिड महामारीले जिल्लामा अक्सिजन अभाव भइरहेका वेला सांसद विकले आफ्नो जिल्लामा सात सिलिन्डर पठाएकी थिइन् । तर, पर्याप्त समन्वय नभएकाले सिलिन्डर भर्दै नभरी जिल्ला पुर्‍याइएको हो ।

चीन सरकारले अनुदान दिएका चार सय सिलिन्डरहरूमध्ये दाङ जिल्लाकी सांसद गंगा चौधरी र मैले सात–सात थान खाली सिलिन्डर बुझेका हौँ । मैले जिल्ला अस्पतालका डाक्टर सन्दीप ओखेडासँग परामर्श गरी सिलिन्डर जिल्लामा पठाएकी हुँ सांसद आशा विकले भनिन् ।जिल्ला अस्पतालका डाक्टर सन्दीप ओखेडाले पनि सांसद विक र आफूबीच टेलिफोनमा संवाद भएपछि खाली सिलिन्डर भए पनि जिल्लामा पठाउन आग्रह गरेको बताएका छन् । उनले भने, ‘सिलिन्डर आएका छन् । अब एक–दुई दिनमै भर्नका लागि नेपालगन्ज पठाउने तयारी छ ।’

यसरी काठमाडौंबाट नेपालगन्ज हुँदै ४८ घन्टापछि बझाङ पुगेका सिलिन्डर फेरि एक दिनको बाटो गाडीमा ढुवानी गरेर नेपालगन्ज पठाउन थालिएको छ । समन्वय अभाबका कारण काठमाडौ बाट माननियले खाली सिलिन्डर बझाङ पठाएको भन्दै चौतर्फि आलोचना पनि भएको छ । जिल्ला अस्पताल बझाङमा अक्सिजन नहुदाँ कोभिडका बिरामीहरू रिफर गरीरहेको अवस्था छ । यस्तो महामारीमा सबैले आलोचना गरेर फेसबुकवाल रङ्गाउनु भन्दा सबैले आ-आफ्नो पहलमा स्वास्थ्य सामाग्री भित्र्याएर अस्पताल रंङ्गाउनु ठिक देखिन्छ । यस्तो अबस्थामा स्वास्थ्य माथी खेलवाड नहोस् सरोकारवालाको पनि बझाङ तिर ध्यान जाओस् । अहिले सम्म कोभिडका कारण जिल्लामा १४ जनाले ज्यान गुमाई सकेका छन् भने , संक्रमितको संख्या दिनानुदिन बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्