अन्ततः ओली नै प्रधानमन्त्री



मधुसूदन रायमाझी, काठमाडौं

संसद्मा विश्वासको मत गुमाएर पनिनयाँ सरकार गठनको लागिविपक्षी गठबन्धनले सरकार गठनका लागिबहुमत पु¥याउननसक्दापुनः केपीशर्मा ओली नै प्रधानमन्त्रीबन्नुहुने भएको छ ।

प्रमुखप्रतिपक्ष दल नेपालीकांग्रेसका सभपाति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्ने गृहकार्य भएपनिजनता समाजवादी पार्टीका अध्यक्षमहन्त ठाकुर पक्षका सांसदले साथनदिँदाबहुमतपुग्न सकेन । त्यसैगरी प्रधानमन्त्रीओलीसँगै असन्तुष्टि जनाउँदै राजीनामादिनतयार रहेका नेपाल समूहका सांसदहरू पनिअध्यक्षओलीसँग सहमतिहुने भएपछि अन्तिमअवस्थामा राजीनामा दिनबाट पछि हटेका थिए ।नेपालपक्षका सांसदहरूले राजीनामा नदिने भएपछि कांग्रेस, माओवादी केन्द्र र जसपा उपेन्द्र यादव समूह सरकार गठन गर्ने प्रक्रिया अगाडि नबढाउने निष्कर्षमा पुगेका हुन् । ठाकुर समूहले साथनदिने भएपछि कांग्रेस नेपाल समूहको सांसदको निर्णयको पर्खाइमा रहेको थियो । बिहीबार प्रधानमन्त्रीओली र नेता नेपालबीचविवाद समाधान गर्ने सहमति भएपछि कांग्रेस सभापति शेरबहादुर देउवाले बहुमतीय सरकार गठनको झन्झटमा नलाग्ने निष्कर्ष पदाधिकारी बैठकलाई सुनाउनुभएको थियो ।

बहुमतको सरकार गठनका लागि प्रतिनिधिसभाका १३६ सांसदको समर्थन आवश्यक पर्छ । तर,कांग्रेससँग ६१ (दुई निलम्बित) र नेकपामाओवादी केन्द्रसँग ४९ सांसद मात्र छन् । ३२ (दुई निलम्बित) सांसदको रहेको जनता समाजवादी पार्टीभित्र सरकार गठनका विषयमाविवाद रहेकाले देउवा र माओवादी केन्द्रकाअध्यक्ष प्रचण्ड बहुमतको सरकार गठन गर्नबाट पछि हटनुपरेको हो । बिहीबार जसपाकाअध्यक्षमहन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले देउवालाई भेटेरै नयाँ सरकार गठनमा साथदिननसक्ने बताउनुभएकोे थियो ।
प्रधानमन्त्रीओली पार्टीभित्रको विवाद समाधान गरेर जसपा ठाकुर समूहको सांसदको समर्थन लिएर बहुमतको प्रधानमन्त्री नै दाबी गर्ने वा संविधानको धारा ७६ (३) अनुसार अल्पमतको प्रधानमन्त्रीबन्ने त्यो अझै प्रस्ट भएको छैन ।वैशाख २७गते संसद्मा ओलीले विश्वासको मत गुमाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राति ९ बजेसम्ममाबहुमतसहित सरकारको नेतृत्वको दाबी गर्न दलहरूलाई आह्वान गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्