६ हजार ९ सयथानअक्सिजन सिलिन्डर संकलन



काठमाडौं, (नेस)

नेपालप्रहरीले देशभरका विभिन्न स्थानबाट हालसम्म ६ हजार ९ सय थानअक्सिजन सिलिन्डर संकलन गरेको छ ।
तीमध्ये १हजार ६ सय ४१ भरी र ५ हजार खाली सिलिन्डर रहेका छन् । संकलन गरिएका सिलिन्डरमध्ये ५ हजार ५ सय वटा कोभिड अस्पताल र सम्बन्धितअक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराइएको छ ।

बाँकी रहेकाअक्सिजन सिलिन्डरहरूजिल्ला संकट व्यवस्थापन केन्द्र तथाजिल्लास्थितप्रहरी कार्यालयमा राखीआवश्यकताअनुसार वितरण गरिने प्रहरीले जानकारी दिएको छ । कतिपयखालीसिलिन्डरलाई भर्नका लागि डिपोमा समेत पठाइएको छ ।आवश्यकताभन्दा बढी अक्सिजन सिलिन्डर होल्ड गर्ने अस्पताल, व्यक्तिलगायतअन्य संघसंस्थातथा स्वास्थ्यप्रयोजनबाहेक अन्यप्रयोजनमाप्रयोग गर्ने उद्देश्यले विभिन्नउद्योग, कलकारखाना, कवाडी, ग्यास वेल्डिङ, पसलतथागोदामहरूमा स्टक गरी राखेका अक्सिजन सिलिन्डर नियन्त्रणमा लिई स्वास्थ्यतथा जनसंख्यामन्त्रालयले निर्धारण गरेको संख्याअनुसार वितरण गरिएको हो ।

विश्वव्यापीरूपमा फैलिँदै गइरहेको नयाँ भेरियन्टसहितको कोभिड–१९ को दोस्रो चरणको संक्रमणको कारण महामारीले चरम रूप लिइरहेको अहिलेको अवस्थामा संक्रमण रोकथाम, नियन्त्रण तथा संक्रमण फैलिननदिनकालागि राज्यको सम्पूर्ण संयन्त्र पूर्णरूपमाप्रयासरत रहेको अवस्थालाई ध्यानमा राखी नेपालप्रहरीले सक्रियता बढाएको प्रहरी प्रवक्ताप्रहरी वरिष्ठ उपरीक्षकबसन्तकुँवरले जानकारी दिनुभयो ।साथै, स्वास्थ्यप्रयोजनबाहेक अन्यप्रयोजनकालागि स्टक राख्ने व्यक्तितथा सम्बन्धितनिकायलाई आवश्यक कारबाहीकालागिप्रहरी कार्यालयलाई निर्देशनदिएको उहाँले जानकारी दिनुभयो ।

यस विषम परिस्थितिमाअन्यप्रयोजनकालागि स्टक नगर्न तथाविभिन्नकम्पनी, संघसंस्थातथाव्यक्तिहरूसँग आवश्यकताभन्दा बढी सिलिन्डर छन् भने त्यस्तासिलिन्डरहरू उपलब्ध गराई सहयोग गर्न नेपालप्रहरीले अनुरोध गरेको प्रवक्ताकुवँरले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्