बंगलादेशबाट आज ३२ हजार रेम्डेसिभिर नेपाल ल्याईदै



न्युज अफ नेपाल ,काठमाडौं ।

कोभिडविरुद्ध प्रयोग गरिदै आएको औषधि रेम्डेसिभिरको ३२ हजार भाइल इन्जेक्सन बंगलादेशबाट आज नेपाल ल्याईदै छ। नेपालबाट जाने चार्टर विमानले आज बेलुकासम्म सो परिमाणको रेम्डेसिभिर ल्याउने औषधि व्यवस्था विभागले जनाएको हो ।

बंगलादेश सरकारले अनुदानमा उपलव्ध गराएको १० हजार र आयान हेल्थ केयर प्रालिले ल्याउने २२ हजार गरी कूल ३२ हजार भाइल रेम्डेसिभिर लिन हिमायल एयरलाइन्सको विमान बंगलादेश जाँदैछ। सो विमान आजै बेलुका नै नेपाल फर्किने बाताइएको छ।

औषधि व्यवस्था विभागका अनुसार आज ३२ हजार भाइल रेम्डेसिभिर काठमाडौं आइपुग्ने छ । उक्त मात्राको औषधि आएपछि तत्कालको लागि देखिएको अभाव पूर्ति हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्