गाडीभित्रै बालिका बलात्कारको प्रयास

स्थानीयको सहयोगमा आरोपित पक्राउ



मोतीराम तिमल्सिना, काभ्रे

काभ्रेपलाञ्चोक जिल्ला प्रशासनले लगाएको निषेधाज्ञामा स्कर्पियो गाडीमा घर लगिदिने भन्दै जंगलमा पु¥याई १५ वर्षिया बालिकालाई बलात्कारको प्रयास भएको छ । बालिका बलात्कार गर्न खोज्ने युवक र उनले प्रयोग गरेको गाडीलाई स्थानीयको सहयोगमा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चौरीदेउराली गाउँपालिका–६ घर भई बनेपा डेरा गरी बस्ने वर्ष २५ का विराज कार्की छन् । उनले प्रयोग गरेको स्मार्ट पालिका लेखिएको स्कारपियो बा२०च ५४८३ नम्बरको गाडीसमेत नियन्त्रणमा लिइएको छ । त्यही गाडी जंगलमा पु-याई गाडीभित्र बालिकालाई जबरजस्ती करणीको प्रयास गरिएको थियो ।बनेपाबाट पनौती पु-याइदिन्छु भन्दै काठमाडांै जाने सडक हुँदै बनेपा–११ सिनागालस्थित शारदादेवी सामुदायिक वनमा पु-याएर चालकले बलात्कारको प्रयास गरेका थिए । ‘पनौती नगरपालिका–५ सुब्बागाउँबाट बनेपामा मजदुरी गरेको पैसा लिन आएर फर्कंदै थिएँ’, पीडित बालिकाले भन्नुभयो– ‘बनेपाबाट घर पु-याइदिन्छु भन्दै मलाई गाडी चढ्न कर गरे । मैले हिँडेरै जान्छु भनें तर उनले पु-याइदिन्छु भन्दै कर गरे । होला नि त भन्ने विश्वासमा गाडी चढें ।’‘पनौती जाने मान्छे गाडी जनागालतर्फ मोडियो । मैले किन यता भन्दै थिएँ सानो काम छ फर्किहाल्ने भन्दै उता लगे । अपांगअस्पताल हुँदै माथि जंगलमा पु-याए’, पीडितको कथन छ– ‘गाडीभित्रै मलाई जबरजस्तीको प्रयास गरे । शरीरका संवेदनशील अंगहरुमा जबरजस्ती गरे । मैले तपाईंले के गर्न खोज्या हो म सहमत छु तर मलाई एकपटक पिसाब गर्न दिनुस् भनें ।’

कार्कीले शुरुमा मान्दै नमानेको र आफू रुन थालेपछि उनले गाडीकै मुनि पिसाब गर्ने सर्तमा लक गरिएको गाडीको ढोका खोलिदिएको र त्यही बेला पिसाब गरेजस्तो गरी भागेको बालिकाको भनाइ छ ।‘रुँदै–रुँदै भाग्न थालें । ऊ पछि–पछि आएको थियो । म भाग्दै आएको देखेर ऊ फर्किएर गाडी लिएर भाग्यो । म गाउँमा आइपुगेपछि स्थानीयले देख्नुभयो । वडाध्यक्ष शिवकुमार थापासहितको टोलीले मलाई प्रहरी बोलाएर जिम्मा लगाए’, इलाका प्रहरी कार्यालय बनेपामा आमासँग उजुरी दिन आएकी बालिकाले भन्नुभयो– ‘केही स्थानीय मोटरसाइल लिएर उसको खोजीमा लागेछन् । ऊ जंगलै जंगलको बाटो भागेर प्रहरीको बाटो छल्ने प्रयास गरेको रहेछ । वडाध्यक्षसहितको प्रयासले ऊ पक्राउ प-यो ।’वडाध्यक्ष शिवकुमार थापाले बालिका रुँदै कराउँदै आएपछि उनको उद्धार गरी प्रहरीको सहयोगमा गाडीसहित युवकलाई पक्राउ गरिएको बताउनुभयो । प्रहरी प्रवक्ता तथा डीएसपी हरि खतिवडाले बालिकालाई बलात्कार गर्न खोज्ने युवकलाई गाडीसहित पनौतीबाट नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको बताउनुभयो ।

बालिकाको आमाले सोमबार नै इलाका प्रहरी कार्यालय बनेपामा जाहेरी दिनुभएको छ । स्थानीय युवाहरुको सक्रियतामा बालिकाको उद्धार गरी युवक पक्राउ परेका हुन् । प्रहरी प्रमुख एसपी भूपेन्द्र खत्रीले अपराधमा संलग्नलाई कानुनअनुसार कारवाही हुने बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्