सभामुख सापकोटाकाे आह्वान कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै



न्युज अफ नेपाल ,काठमाडौँ ।

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै छ । आज दिउँसो १ बजेका लागि बैठक बोलाइएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।

सोमबार बस्ने प्रतिनिधिसभा बैठकको तयारीका लागि कार्यव्यवस्था समितिको बैठक बोलाइएको उनले बताए । ‘प्रतिनिधिसभा बैठक बस्नु अघि परामर्श समितिको बैठक बस्छ, सांसदहरू कोरोना संक्रमित छन्, बैठक कसरी सञ्चालन गर्नेबारे परामर्श समितिमा छलफल हुने न्यौपानेले बताउका छन् ।

प्रतिक्रिया दिनुहोस्