सुनचाँदी व्यवसायीका संस्थापक ज्ञानुराज रहेनन्

‘ समाजको विकासमा सधै चिन्तित व्यवसायी ’



न्युज अफ नेपाल, ललितपुर।

सुनचाँदी व्यवसायको उत्थानमा महत्वपूर्ण योगदान पु¥याउनुभएका ज्ञानुराज शाक्यको शुक्रबार निधन भएको छ ।

ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा बिहान ४ बजे उहाँको निधन भएको हो । उहाँ ६१ वर्षको हुनुहुन्थ्यो। एक वर्ष अघिदेखि साताको दुई पटक मृगौलाको डायलिसिस गराइरनुभएका शाक्यलाई उच्च रक्तचाप कारण थप समस्या आएपछि गत फागुण ११ गते अस्पताल भर्ना गरिएको थियो । त्यसको दुई दिनपछि शाक्य अस्पतालमा लडेर बहोस हुनुभएको थियो। दुई महिना बढी समय भेन्टिलेटरमा राखेर शाक्यलाई उपचार गराइराखेको श्रीमती सुनीता धाख्वा (शाक्य) ले जानकारी दिनुभयो ।

शाक्यको जीवनको महत्वपूर्ण समय नेपालका मौलिक व्यवसायका रुपमा रहेको सुनचाँदी व्यवसायको प्रर्वद्धनमा बितेको सम्बद्ध व्यवसायीहरु बताउँछन् । नेपाल सुनचाँदी व्यवसायी महासंघको विभिन्न पदमा बसेर शाक्यले काम गरिसक्नुभएको छ । पुस्तौदेखि गर्दै आएको सुनचाँदी व्यवसायमा अनेक समस्याहरु देखिएपछि त्यसको समाधानका लागि जिल्लाका सुनचाँदी व्यवसायीहरुलाई संगठित गरी वि सं २०५१ मा ललितपुर सुनचाँदी व्यवसायी संघको स्थापना गर्नमा शाक्यको अग्रणी भूमिका रहेको ललितपुर सुनचाँदी व्यवसायी संघका अध्यक्ष रमेशबहादुर शाक्यले बताउनुभयो ।

‘उहाँको निधनले संघले एक संरक्षक गुमाएको छ।संघलाई अप्ठ्यारो पर्दा सल्लाह र सहयोग प्रदान गर्न उहाँ सधै तल्लीन हुनुहुन्थ्यो । उहाँको योगदान सबैका लागि प्ररेणादायी रहने छ । ’ संघका उपाध्यक्ष बिजेन्द्र बज्राचार्यले भन्नुभयो ।

जीवनको उत्तराद्र्धमा शाक्यले व्यवसायिक सामाजिक उत्तरदायीत्वको सिद्धान्त अन्तर्गत पत्रकारिता तालिम सञ्चालन गर्न टेवा पु¥याउनुभएको थियो । सामाजिक उत्तरदायीत्व सिद्धान्त अन्तर्गत पत्रकारिता तालिम सञ्चालन गर्नु नेपालको सन्र्दभमा एउटा फरक र नौलो अभ्यास रहेको नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष सुरजवीर बज्राचार्यको भनाई रहेको छ ।

शाक्यकै अगुवाईमा ललितपुरमा तीन वर्ष लगातार गोल्डेन डायमण्ड ज्वेलरी मेला आयोजना गरिएको थियो । नेपाल प्रहरीले अघि सारेको प्रहरी मेरो साथी अभियानलाई प्रभावकारी बनाउन पनि शाक्यले आफ्नो तवरबाट भूमिका निर्वाह गर्नुभएको स्मरणीय रहेको राष्ट्रिय महासंघ नेपाल, ललितपुरका संस्थापक अध्यक्ष राजेश बज्राचार्यले बताउनुभयो ।

एक व्यवसायीका अतिरिक्त शाक्य समाजको विकासमा सधै चिन्तित हुने गरेको ललितपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अजरमान जोशी सम्झिनुहुन्छ । शाक्यको शंखमुलमा नेवाः परम्परा दाहसंस्कार गरियो । उहाँको पार्थिव शरीरमा छोरा समिक शाक्यले दागबती दिनुभयो । यस अघि ताम्रकार समाजका अध्यक्ष रविन्द्रराज ताम्रकार, ललितपुर महानगरपालिका – १६ का वडाअध्यक्ष निर्मलरत्न शाक्य, महानगरीय प्रहरी प्रभागका प्रमुख एवं प्रहरी निरीक्षक रामकृष्ण श्रेष्ठ लगायत विविध पेशाकर्मी, उद्यमी व्यवसायी र पत्रकारहरु शंखमुल पुगेर श्रद्धाञ्जली अर्पण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्