स्वास्थ्य सामग्री लिएर कतार एयरवेज भारततर्फ



दोहा, कतार, (नेस) ।

कतार एयरवेजको तीनवटा कार्गो बोइङ ७७७ मालवाहक विमान कोभिड–१९ का लागि तीन सय टन स्वास्थ्य सामग्री लिएर भारतका लागि प्रस्थान गरेका छन् । ती तीनवटा उडानहरू कार्गो लिएर बैगलोर, मुम्बई र नयाँदिल्लीको लागि प्रस्थान गरेका हुन् ।

कतार एयरवेज समूहका प्रमुख कार्यकारी अधिकृत अकबर अल बेकरले भन्नुभयो – ‘कोभिड–१९ संक्रमणको दोस्रो लहरले भारतीय नागरिकमा पारेको प्रभावले सबैलाई स्तब्ध बनाएको छ । यही परिस्थितिमा भारतका साहसी स्वास्थ्य सेवाकर्मीलाई सहयोग पु¥याउने विश्वव्यापी प्रयासमा सहभागी हुनुपर्दछ भन्ने सोचले हामी अघि बढेका हौं । ’

 

 

प्रतिक्रिया दिनुहोस्