जुम्लामा भारतद्वारा साना जलविद्युत् प्लान्टको पुनःस्थापना



न्युज अफ नेपाल, काठमाडौं ।

जुम्लामा भारतले साना जलविद्युत प्लान्टको पुनःस्थापना गरेको छ । भारत सरकारको २ करोड ६३ लाख आर्थिक सहयोगमा जुम्लाको चन्दननाथ नगरपालिकामा हालै पुनःस्थापना गरिएको साना जलविद्युत प्लान्टको भारतीय दूतावासका प्रथम सचिव करुण वंशलले भर्चुअल माध्यमबाट गरेका थिए ।

कार्यक्रममा जिल्ला समन्वय समिति जुम्ला तथा विद्युत प्राधिकरणका उच्च अधिकारीको पनि सहभागिता थियो । २०० किलोवाट क्षमता भएको जलविद्युत प्लान्टको निर्माण विद्युत प्राधिकरणले गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्