बझाङमा टयाक्टर दुर्घटना हुदाँ एक युवकको मृत्यु

0
Shares

न्युज अफ नेपाल, बझाङ ।

बझाङमा टयाक्टर दुर्घटना हुँदा एक जना युवकको मृत्यु भएको छ । जयपृथ्वी नगरपालिका वाड न १० बाउली खोला किनाराबिच सडकमा ट्याक्टरले चिप्लिँदा कैलाली जिल्ला चुरे गाउँपालिका वडा नं. ६ बस्ने वर्ष १८ का पुरन साउँदको घटना स्थलमै मृत्यु भएको हो ।

बुधबार दिउँसो ३ः३० बजे बाउली खोला किनाराबाट ढुङ्गा लोड गरी जयपृथ्वी नगरपालिका १० देखि जिल्लाको शुर्मा गाउँपालिका जोडने सडक खण्ड निर्माण गदै आएको काफलासैनी निर्माण सेवा कुलालीगाउँ जाने क्रममा से २ प २५९६ नम्वरको टयाक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी रुपक खडकाले बताएका छन् ।

कोरोना भाईरस कोभिड १९ को दोस्रो लहर चले संगै देश बझाङ जिल्लामा अन्य सबै कार्य बन्द रहेको भए पनि बिकास निर्माणका कार्यलाई समाजिक दुरी कायम गर्दै कार्य संचालन गर्ने जिल्ला प्रशासनको निर्णय अनुसार कार्य सडक निर्माणल लगाएतका बिकास कार्य संचालनमा रहेका छन ।