२१ करोडमा बिक्यो कान्याको जुत्ता

0
Shares

चर्चित अमेरिकी र्‍यापर कान्या वेस्ट पछिल्लो समय अभिनेत्री पत्नी किम कार्डर्सियनसँगको सम्बन्ध विच्छेदको विषयका कारण चर्चामा थिए।

तर, यति बेला भने उनीआफ्नो स्निकर जुत्ताका कारण चर्चामा छन् । कान्याको कालो रङको स्निकर शुज एक्काइस करोड उनान्तिस लाख चौहत्तर हजार नौ सय बीस रुपियाँमा विक्री भएको छ। यो स्निकर शुजको बिक्री मूल्यको अहिलेसम्मकै नयाँ रेकर्ड हो। सन् २०२० मा भएको एक लीलामीमा स्निकर जुत्ता ६.१५ लाख डलर अर्थात सात करोड सत्ताईस लाख छैसठ्ठी हजार चार सय एकतीस रुपैयाँमा बिक्री भएको थियो ।

तर कान्याको जुत्ताभने त्यसको तीन गुणा बढि मूल्यमा बिक्री भएर नया रेकर्ड बनेको छ । सञ्चार माध्यमले जनाए अनुसार कान्याले यो जुत्ता सन् २००८ को ग्रामी अवार्डसमा लगाएर मामा र स्ट्रङगर बोलको गीतमा प्रस्तुति दिएका थिए ।