धादिङमा निषेधाज्ञा



धादिङ, नेस

कोरोना भाइरस ससंक्रमणको फैलावट रोक्न धादिङ जिल्लामा पनि वैशाख २१ गतेदेखि ३१ गतेसम्म निषेधाज्ञा जारी गरिने भएको छ ।पहाडी जिल्लाहरुमा संक्रमितको संख्या २ सय नाघेपछि जिल्ला प्रशासन कार्यालयले जिल्ला संकट व्यवस्थापन केन्द्रको आइतबारको निर्णयअनुसार निषेधाज्ञा जारी गरेको हो ।

वैशाख २१ गते बिहान ६ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले बताउनुभयो ।छिमेकी जिल्ला काठमाडौ र चितवन जिल्लामा समेत संक्रमितहरु बढेपछि निषेधाज्ञा जारी भइसकेको छ । जिल्लामा सर्वसाधारण नागरिकलाई कोरोना भाइरस महामारीबाट बचाउन निषेधाज्ञा लागू गरिएको हो ।जिल्ला संकट व्यवस्थापन केन्द्रको निर्णयले सर्वसाधारण नागरिककलाई औषधि उपचार, खाद्यवस्तु तथा तरकारी खरिद गर्नका लागि घरबाहिर निस्कन अनुमति दिइएको छ । यसबाहेक घरबाहिर ननिस्कन र आवत–जावत गर्न निषेध गरेको छ ।

सबै किसिमका औषधि पसल, फलफूल तररकारी दूधजन्य पसल, खाद्य सामग्री, पेट्रोलियम पदार्थ, सरकारी र निजी अस्पताल, मेडिकल, कृषि, रासायनिक मल बोकेका ढुवानी, एम्बुलेन्सलगायतका साधनहरु तथा सेवाहरु सञ्चालन गर्न निषेधाज्ञाको समयमा पाउने छन् ।सार्वजनिक जमघट, भेला आमसभा गर्न, जात्रा तथा मेला गर्न, विभिन्न खेलकुद तथा विद्यालय संचालन गर्न भने रोक लगाइएको छ ।यसै गरी, नुवाकोट जिल्लामा पनि वैशाख २१ देखि ३१ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्