लागूऔषध कारोबारमा संलग्न २ प्रहरी जवान पक्राउ



न्युज अफ नेपाल काठमाडौं ।

काठमाडौंमा लागुऔषध कारोबारमा संलग्न भएको आशंकामा दुईजना प्रहरी जवानलाई पक्राउ गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले महानगरीय प्रहरी वृत्त जनसेवामा कार्यरत दुईजना प्रहरी जवानलाई काठमाडौँको डल्लुबाट पक्राउ गरेको हो ।

ब्यूरोका एसएसपी दिलीप चौधरीका अनुसार पक्राउ पर्नेमा नरेन्द्रसिंह नगारी र प्रेम ओड छन् । एसएसपी चौधरीका अनुसार कारोबारीबाट बरामद गरिएको डाइजेपाम, फेनारगन र नुर्फिन सहित १ सय ८६ एम्पुल लागुऔषध उनीहरुले दोस्रो कारोबारीलाई बेच्न खोजेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्