एस्ले आआफैंद्धारा समलिंगी भएको खुलासा



अमेरिकी गायिका तथा गीतकार केहलानी एस्ले आफ्ना गीत संगीतका बोल्ड अवतार र हरेक मुद्दामा
आफ्नो राय राख्ने कारण चर्चामा छाइरहन्छिन्।

उनै गायिकाले हालै आफ्नो लैङ्गिकताको बारेमा एक खुलासा गरेकी छिन्। जुन विषयले अहिले हलिउडमा चर्चा पाइरहेको छ। २५ वर्षीया एस्लेले गीत संगीतमा लागेको ७वर्षपछि आफू समलिंगी भएको थाहा पाएको खुलासा गरेकी छिन्। उनले टिकटकमा एक भिडियो पोस्ट गर्दै भनेकी छिन् ‘म लेस्बियन हँ, जुन कुरा मैले हालै महसुस गरेँ। मैले यो कुरा आफ्नो परिवारका सबैलाई बताएँ। तर, सबै जनाले म लेस्बियन भएको पहिले नै थाहा भएको बताए। मलाई लाग्यो यो कुरा म बाहेक मेरो परिवारका सबैलाई थाहा रहेछ।’ उनले यस अघि आफूले महिला र पुरुष दुवैको महसुस गर्ने बताएकी थिइन्। ‘जब म घरभित्र हुन्छु, आफूलाई पुरुष जस्तो महसुस गर्छु।

तर, जव म शान्त र चिन्तनशील अवस्थामा हुन्छु, त्यो बेलाआफू स्त्री भएको महसुस गर्छु। जब म आफ्नो लागि समय निकाल्छु, नुहाउँछु र ऐनामा आफैँलाई नियाल्छु, तब म आफूलाई स्त्री भएको महसुस गर्छु’ उनको भनाई थियो। एस्ले पप र हिपहप जनराका गीत संगीतका लागि चर्चित छिन्। उनको प्रेमीगिता रिस्ट जाभव थङ ह्वाइट सँगको सम्बन्धबाट एक छोरी रहेकी छिन्।

प्रतिक्रिया दिनुहोस्