भारतमा नयाँ भेरिएन्टको कोभिडको महामारी बढेपछि नेपाल फर्कनेहरूको लर्को



यमलाल भुसाल । 

बुटवल । भारतको विभिन्न स्थानमा नयाँ भेरिएन्टको कोभिडको महामारी बढ्दै जाँदा रुपन्देहीको सीमाबाट नेपाल फर्कनेको लर्को लाग्न थालेको छ । भारतको दिल्ली, मुम्बई, दक्षिण भारत मात्र हैन उत्तर प्रदेशकै कतिपय स्थानमा अहिले कोभिडको संक्रमण तीव्र रूपमा फैलिरहेको छ । भारतमा कोभिड संक्रमण फैलिँदै जाँदा नेपालीहरू नेपाल फर्किने गरेका छन् ।

नेपालमा कोरोनाको सबैभन्दा जोखिम भारतसँगको खुला सीमा नै हो । तर, नेपाल भारत सीमा क्षेत्रमा भने अझै पनि सावधानी अपनाइएको छैन ।नेपालकै दोस्रो ठूलो नाका रुपन्देहीको बेलहियामा स्वास्थ्य सावधानी अझै पूर्णरूपमा पालना भएको छैन । भारतको नजिकको बजारमा गई किनमेल गरी फर्किनेहरू सहज रूपमा नेपाल प्रवेश पाउने गरेका छन् । भारतबाट आउने नेपाली तथा अन्य यात्रुलाई सहज प्रवेश दिइएपछि रूपन्देहीमा कोभिडको अवस्था जटिल हुँदै गएको छ ।

लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन र स्वास्थ्य तथा जनसंख्यामन्त्री लीला गिरीले सीमाको अवस्था बुझ्न बिहीबार अनुगमन गर्नुभएको छ । अनुगमनपछि मन्त्री गिरीले प्रदेश सरकारले प्रत्येक नाकामा भारतबाट आउने आगन्तुकको चेकजाँचलाई कडाइ गरिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्