भारतद्वारा ३९ एम्बुलेन्स र ६ वटा स्कुल बस उपहारस्वरुप प्रदान



न्युज अफ नेपाल, काठमाडौं ।

भारत सरकारले नेपालका विभिन्न जिल्लामा रहेका सरकारी तथा गैर नाफामूलक संघ–संस्थाहरुलाई ३९ वटा एम्बुलेन्स र ६ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरेको छ । विहीबार ९आज० काठमाडौंस्थित भारतीय राजदूतावासले स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा काम गरिरहेका विभिन्न संघ संस्थाहरुलाई ३९ वटा एम्बुलेन्स र ६ वटा स्कुल बस उपहार स्वरुप प्रदान गरेको हो ।

ग्रामीण क्षेत्रमा स्वास्थ्यको पहुँच विस्तार गर्न भारतीय राजदूतावासले लामो समयदेखि नेपालका सरकारी तथा गैरनाफामूलक संस्थाहरुलाई प्रत्येक वर्ष एम्बुलेन्स तथा स्कुल बस उपहारस्वरुप प्रदान गर्दै आएको छ । सन् १९९४ यता भारतीय राजदूतावासले हालसम्म करिब ८६२ वटा एम्बुलेन्स प्रदान गरिसकेको छ । यो वर्ष राजदूतावासले ‘एड्भान्स लाइफ सपोर्ट, ब्यासिक लाइफ सपोर्ट र कमन लाइफ सर्पोट गरि तीन किसिमको एम्बुलेन्स प्रदान गरेको हो ।

उक्त एम्बुलेन्सहरु नेपाल सरकारले तोकेको मापदण्ड अनुरुप निर्माण गरिएका बताइएको छ । त्यसैगरि राजदूतावासले हालसम्म १६६ वटा स्कूल बस उपहारस्वरुप उपलब्ध गराइसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्