काठमाडौं ।
नेकपा एमालेकी वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विदेशमा समस्यामा परेका नेपाली नागरिकको समयमै उद्धार र सुरक्षित स्वदेश फिर्तीका लागि राज्यले विशेष प्राथमिकता दिनुपर्ने बताएकी छन् ।बुधबार काठमाडौंमा प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अधिवेशन उद्घाटन गर्दै उनले विदेशमा रहेका नेपालीको सुरक्षा र हित संरक्षण गर्नु राज्यको दायित्व भएको बताइन् ।
भण्डारीले नेपालको जलस्रोत, वन, जडीबुटी, कृषि तथा खनिज सम्पदाको दिगो र वातावरणमैत्री उपयोगमार्फत रोजगारी सिर्जना र आर्थिक विकास गर्न सकिने उल्लेख गरिन् ।उनले जलविद्युत्, खाद्य प्रशोधन, जडीबुटी, वनजन्य उद्योग र वातावरणमैत्री पर्यटनको विकासमा जोड दिँदै प्रवासी नेपालीको पूँजी, ज्ञान, सीप र उद्यमशीलतालाई नेपालको विकाससँग जोड्नुपर्ने बताइन् ।
त्यसका लागि सरकारले लगानीमैत्री वातावरण, नीतिगत स्थिरता र लगानीको सुरक्षा सुनिश्चित गर्नुपर्ने उनको भनाइ थियो ।भण्डारीले जनताको बहुदलीय जनवादको मार्गदर्शनमा नेकपा एमालेले लोकतान्त्रिक प्रणालीको सुदृढीकरण, राष्ट्रिय स्वाभिमानको रक्षा र सामाजिक–आर्थिक रूपान्तरणमा योगदान गर्दै आएको पनि बताइन् ।











प्रतिक्रिया