काठमाडौं ।
नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गर्दै सुनको असर्फी र चाँदीका मेडालियन बिक्री गर्ने भएको छ।राष्ट्र बैंकको टक्सार महाशाखाले कात्तिक १९ र २० गते बबरमहलस्थित कार्यालयबाट सुनको असर्फी तथा लक्ष्मी र गणेश अंकित चाँदीका मेडालियन बिक्री गर्न लागेको हो।
महाशाखाका अनुसार एक व्यक्तिले २५ ग्रामको एक थान सुनको असर्फी र १० ग्रामका एक–एक थान चाँदीका मेडालियन खरिद गर्न सक्नेछन्।बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म मौज्दात रहेसम्म बिक्री गरिनेछ।
खरिद गर्न नागरिकता वा राष्ट्रिय परिचयपत्रको प्रतिलिपिसहित स्वयं उपस्थित हुनुपर्नेछ। भुक्तानी नगद वा क्यूआरमार्फत गर्न सकिनेछ।राष्ट्र बैंकले दैनिक बिहान ११ बजेपछि मूल्य निर्धारण गर्ने र त्यसपछि मात्रै बिक्री सुरु गर्ने जनाएको छ।











प्रतिक्रिया