काठमाडौं ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका कारण बढेको इन्धनको मूल्यले मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीलाई असर पारेको स्वीकार गरेका छन्।
फक्स न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले इन्धनको मूल्य बढ्दा अमेरिकी नागरिकले बढी रकम खर्च गर्नुपरेको र यसले आफ्नो पार्टीलाई चुनावमा नोक्सान पुर्याएको बताएका हुन्।
उनले नागरिकले इन्धनका लागि बढी पैसा तिर्नुपरेको आफूलाई मन नपर्ने पनि उल्लेख गरे।
यद्यपि, ट्रम्पले चुनावी परिणामलाई आफ्नो राष्ट्रपतीय कार्यकालविरुद्धको जनमतका रूपमा नलिने बताएका छन्।
यसैबीच, मध्यावधि निर्वाचनको नतिजाले रिपब्लिकन पार्टीले अमेरिकी कंग्रेसका दुवै सदनमा आफ्नो नियन्त्रण गुमाउने अवस्था देखिएको छ।
अन्तर्वार्ताका क्रममा ट्रम्पले डेमोक्र्याट पार्टीले वर्षौंदेखि ठूलो चुनावी जितको प्रयास गरिरहेको उल्लेख गर्दै अन्ततः सफलता हासिल गरेको बताए। उनले डेमोक्र्याटहरूलाई ‘राम्रो काम गरेको’ भन्दै बधाईसमेत दिए।
ट्रम्पले आफ्नो कार्यकालका उपलब्धिहरूको चर्चा गर्दै अर्थतन्त्र र अमेरिकाको दक्षिणी सीमा सुरक्षालाई प्रमुख उपलब्धिका रूपमा प्रस्तुत गरे।
-बीबीसी











प्रतिक्रिया