सर्जक प्रभाको शोककाव्य ‘हजुरबा’



रामधन राई, खोटाङ ।

आफ्ना हजुरबाको सम्मान र स्मृतिमा खोटाङका युवा श्रष्टा प्रकाश आचार्य ‘भावुक’ले शोककाव्य प्रकाशन गर्नुभएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका आचार्यले आफ्ना स्वर्गीय हजुरबा बोलप्रसाद आचार्य ‘माझाघरे’को स्मृतिमा सिर्जित शोककाव्य प्रकाशनमा ल्याउनुुभएको हो ।

फुु्ट्कर लेख–रचनामार्फत विभिन्न पत्रपत्रिकामा छाईरहने ‘भाबुुक’ कथा, निवन्ध, कविता लगायतका साहित्यिक बिधामा कलम चलाउनुहुुन्छ । ‘प्रभा’ उपनामले समेत परिचित आचार्य साहित्यिक एवं सामाजिक संघसंस्था तथा पत्रपत्रिकासँग पनि आवद्ध रहनुुभएको छ ।

निजामती सेवामा आवद्ध आचार्यले राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा २०७७ मा नेपाली सेनाले आयोजना गरेको राष्ट्रिय कविता प्रतियोगीतामा पुरस्कृत हुनुुभएको थियो ।

बुवा अबिनारायण आचार्य र आमा कुमारी आचार्यको सन्तान प्रकाश ‘सुनौलो बिहानी’ साहित्यिक पत्रिकाका सम्पादक र ‘पुष्पसमय’ साहित्यिक पत्रिकाका प्रधान सम्पादक रहनुुभएको छ ।

प्रकाशको ‘हजुरबा’ प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा, साहित्यकार टंक भट्टराई, प्रेस स्वतन्त्रता सेनानी पत्रकार कृष्ण आचार्य, बुद्धिजिवी देबीप्रसाद रिजाल, शिक्षक काजीप्रसाद खतिवडा, श्रष्ठा, साहित्यनुरागी लगायतको उपस्थितिमा बिमोचन भएको छ ।

प्रतिक्रिया दिनुहोस्