अस्ताए जोमसोमै बजारका थकाली



जोमसोमै बजारमा बाह्र बजे हावा सररजस्तो गीतका गीतकार विश्व थकालीको शनिबार अमेरिकामा निधन भएको छ। लामो समयदेखि अमेरीकामा रहँदै आएका ५२ वर्षीय उनको हृदयघातका कारण निधन भएको जनाइएको छ।

उनी नेपथ्य ब्यान्डको करिब दुई दशकअघि रेकर्ड भएको सर्वाधिक चर्चित गीत जोमसोमै बजारमा बाह्र बजे हावा सररजस्ता गीतका सर्जक हुन्। साढे दुई दशकअघि नेपथ्य ब्यान्ड स्थापना गर्न महत्वपूर्ण भूमिका खेलेका थकालीले उक्त ब्यान्डमा आबद्ध भएसँगै मुस्ताङको भौगोलिक अवस्था दर्शाउने उक्त गीत रचना गरेका थिए। मुस्ताङ जिल्लाकै घरपझोङ ४ जोमसोम घर भएका उनको एक श्रीमती र दुई छोरा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्