यौन सम्पर्क राख्ने सही समयबारे विशेषज्ञहरुका धारणा



लन्डन, (एजेन्सी) । 

मानव जीवनमा अपरिहार्य पक्षमध्ये एक अर्थात् यौनकार्य कुनबेला गर्दा राम्रो हुन्छ भन्नेबारे यौन विशेषज्ञहरुको विविध धारणा रहेको पाइन्छ । सन् २०१५ मा यौन खेलौना कम्पनी लभहनीले गरको एक सर्भेक्षणअनुसार पुरुषहरुलाई बिहानको ६ देख ९ बजेसम्मको समयमा र महिलाहरुमा रातको ११ देखि बिहान २ बजेसम्म यौन इच्छा निकै तीव्र हुने गर्दछ ।

यौन थेरापिस्ट तथा न्युरोसाइन्स अनुसन्धानकर्ता न्यान वाइजले हफपोस्टलाई भन्छन्– ‘यौनको समय मानिसको उमेरमा पनि भर पर्दछ । पाको उमेरका मानिसहरु बेलुका चाँडै सुत्ने भएकाले सम्भवत तिनीहरु बिहान सबेरै यौन सम्पर्क राख्न इच्छा गर्छन् । त्यसैगरी रातको लाटोकोसेरो जस्तो हुने भएकाले तिनीहरु साँझ ढेलेपछि नै प्रायशः यौनतर्फ बढी आकर्षित हुन्छन् ।’बिहान करिब आठ बजेतिर पुरुषको शरीरमा यौन हर्मन टेस्टोस्टेरोनको मात्रा बढी हुने भएकाले तिनीहरुको लिंगको उत्तेजना उचाइमा पुग्ने बताइएको छ । अर्का यौन विशेषज्ञ रोविन विल्सन बिडीका अनुसार पुरुषमा त्यो यौन हर्मन सुत्नेबेला निर्माण हुने भएकाले पनि बिहान तिनीहरु बढी उत्तेजित हुने गर्छन् ।अर्का यौन थेरापिस्ट नाजनिन मोअलिनका अनुसार बिहान सबेरै यौन सम्पर्क राख्दा निस्कने एन्डोमोर्फिन्स र डोपामाइन जस्ता हर्मनले दिनभरि मानिसलाई ताजा र खुसी बनाइराख्छन् ।

त्यसैगरी तन्नेरी जोडीहरु पनि बिहान अझै बढी ऊर्जाशील वा उत्साहित महसुस गर्ने भएकाले तिनीहरु थप यौन खेल खेल्न लालायित रहने बताइएको छ ।तर केही यौन विशेषज्ञहरुको भनाइ यस्तो छ– ‘बिहान अधिकांश मानिसहरु कामका लागि तयारी, बच्चाहरुलाई समयमै स्कुल पठाउनुपर्ने चिन्ता र अन्य कामको कारण यौनका लागि पूर्ण मुड बनाउन नै सक्तैनन् । तनावका कारण तिनीहरु उत्तेजित पनि चाहेजति हुन सक्तैनन् । यौन कार्य गरिहाले पनि स्खलित भएपछि तिनीहरुमध्ये केही दिनभरि थकित र कमजोर महसुस गर्ने पनि हुन्छन् ।’

यसैगरी बेलुकी सुत्नुअघि यौनक्रिया गर्दा मस्त निद्रा आउने तर शयनकक्षमा तनाव लिएर पुग्दा यौनका लागि तयार हुन नसक्ने पनि विशेषज्ञहरुको भनाइ रहेको छ । मोअलिन भन्छिन्– ‘पूर्ण यौनसन्तुष्टि योनीमा लिंग प्रवेश गरी हुने सम्पर्कले मात्र दिँदैन । मुख मैथुन र अन्य स्पर्श र मसाज पनि यौन कार्यमा त्यतिकै महत्वपूर्ण हुन्छन् । ’

प्रतिक्रिया दिनुहोस्