६ खुट्टे छाउरा स्वास्थ्य ठीकठाक



ओक्लोहामा सिटी, (एजेन्सी) ।

अमेरिकाको ओक्लोहामा पशु अस्पतालका पशु चिकित्सकहरूले अमेरिकाको इतिहासमा पहिलोपटक जीवित जन्मेका ६ खुट्टे कुकुरको छाउरा अझै जीवित रहेको र स्वास्थ झन्झनै राम्रो हुँदै गइरहेको बताएका  छन् ।

ओक्लोहामा सिटीस्थित दि निल भेटनरी हस्पिटलमा जन्मेका ‘स्किपर’ नाम दिइएको पोथी छाउराका एउटा टाउको, एउटै छाती तर ६ वटा खुटा, दुईवटा नंग्रा, दुईवटा नितम्बको भाग, दुईवटा तल्लो मूत्रनली र दुईवटा प्रजनन प्रणाली रहेको बताइएको छ । अस्पताल सूत्रले ढाडमा अलिकति समस्याबाहेक स्किपरको सम्पूर्ण अंगहरू ठीकठाक रहेको जनाएको छ ।

सामान्य छाउराले जस्तै त्यसले आफ्ना ६ वटै खुटा मज्जाले चलाउन सकेको बताइएको छ । हस्पटरलले आफ्नो फेसबुकमा लेखेको छ, अलि ठूलो भएपछि त्यसलाई फिजियोथेरापी र हिँड्नलाई केही भरको आवश्यकता पर्न सक्छ । अहिले आफ्नै मालिकको घरमा पुगिसकेका स्किपर निकै बलियो पनि छ ।’

प्रतिक्रिया दिनुहोस्