खोप लगाउनेलाई बारमा निःशुल्क पेय



A woman receives a vaccination against the coronavirus disease (COVID-19) as part of a Tel Aviv municipality initiative offering a free drink at a bar to residents getting the shot, in Tel Aviv, Israel February 18, 2021. REUTERS/Corinna Kern

तेल अभिव, (एजेन्सी) ।

इजरायलको एउटा बारले कोभिड–१९ को खोप प्रवद्र्धन गर्ने उद्देश्यले बारलाई क्लिनिकको स्वरूप दिइ खोप लगाउनेलाई निःशुल्क पेय पदार्थ बाँड्ने कार्यक्रम अघि सारेको छ । इजरायलको कुल ९० लाख जनसंख्यामध्ये कम्तिमा ४३ प्रतिशतभन्दा बढिले फाइजर कम्पनीको खोपको पहिलो डोज लिइसकेको स्वास्थ मन्त्रालयले जनाएको छ ।

तर, सरकारी अधिकारीहरू खोप लगाउनेको संख्यामा कमि आउँदा इजरायलको पुनः अर्थतन्त्र सुचारु गर्ने योजना प्रभावित हुनसक्ने कुराले चिन्तित रहेका छन् । कोरोना भाइरस महामारीको कारण इजरयलका अधिकांश बारहरू बन्द गरिएका छन् ।तर, महानगरको साझेदारी रहेको तेल अभिवको जेनिया ग्यास्ट्रो पव भने हालसालै खोप लगाएकाहरूलाई निःशुल्क पेय पदार्थ बाँड्न खुल्ला राखिएको थियो । तर, चिकित्सकिय सावधानी अपनाउँदै त्यहाँ अल्कोहलरहित पेय पदार्थ बाँडिएको हो ।

बेलायतमा नयाँ स्वरूपको अझै बढि संक्रमित हुने र खतरनाक कोरोना भाइरस देखा परेयता विश्वका थुप्रै मुलकमा भाइरस विरुद्धको सतर्कता अझै गम्भीर ढंगले अघि बढाउँदै गरेको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्