प्रधानमन्त्रीको जन्मदिनमा सर्वोच्चको ‘सरप्राइज गिफ्ट’



न्युज अफ नेपाल, काठमाडौं ।

सर्वोच्च अदालतले संसद विघटनको निर्णय बदर गरिदिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको ७० औँ जन्मदिनमा सर्वोच्च अदालतको यस्तो फैसला आएको हो । ओलीको असंवैधानिक कदम भन्दै सर्वत्र विरोध भइरहँदा सर्वोच्चको यस्तो फैसला आएपछि ओली अप्ठ्यारोमा परेका छन् । प्रधानमन्त्री ओलीका जन्मदिनमा सर्वोच्चको यस्तो फैसलाको संयोग जुरेको छ ।

प्रधानमन्त्री ओली बालुवाटारमा केक काटेर ७० औँ जन्मदिन मनाउँदै रमाइलो गरिहरहँदा सर्वोच्च अदालतको फैसलाले झड्का दिएको छ । कुनै समय नेपाली जनताको नजरमा राजनेताको रुपमा स्थापित ओली असंबैधानिक कदमका कारण ‘राजनीतिक भिलेन’ बनेर बालकोट फर्किने छन् ।

सर्वोच्चको फैसलापछि ओलीले वास्तवमै संविधानको हत्या गर्न खोजेको पुष्टि भएको छ । यसपछि पनि ओली राजनीनिबाट सन्यास लिने छैनन् तर उनको राजनेताका रुपमा कमाएको छवि भने समाप्त भएको धेरैले अनुमान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्