पत्रकार राष्ट्रिय दबू भक्तपुरको साधारणसभा

५० लाखको अक्षय कोष स्थापना गर्ने घोषणा



न्युज अफ नेपाल,भक्तपुर ।

नेवाः पत्रकार राष्ट्रिय दबू भक्तपुर जिल्लाको सातौं वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ ।

सभाको उद्घाटन गर्दै पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष सुरजवीर बज्राचार्यले नेपाली पत्रकारिताको दायरा विस्तारको लागि समावेशी सञ्चार र मातृभाषाको पत्रकारिताको महत्व र आवश्यकता रहेको बताउनुभयो।सो अवसरमा नेपाली पत्रकारिता क्षेत्रमा विषयगत र समाचारकक्षको विविधताको हिसाबले समावेशीको अभ्यास गर्न पत्रकार राष्ट्रिय दबूले लिएको नीति र कार्यक्रमलाई जिल्ला शाखाले दृढतापूर्वक लागू गर्नुपर्नेमा पनि अध्यक्ष बज्राचार्यले जोड दिनुभयो ।

सभामा पत्रकार राष्ट्रिय दबूका केन्द्रीय महासचिव सुनील महर्जनले अहिलेसम्म समाचारकै विषय नभएका भाषिक, सांस्कृतिक र वर्गीय हिसाबले उत्पीडनमा परेका मुद्दा र विषयलाई सञ्चारमाध्यममा उचित स्थान दिलाउन पत्रकार राष्ट्रिय दबूले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो।यस कार्यमा भक्तपुर शाखाको स्थापनाकालदेखि नै महत्वपूर्ण योगदान रहेको पनि महासचिव महर्जनले स्मरण गर्नुभयो ।

सो सभामा वि सं २०६९ सालमा स्थापना गरिएको नेवाः पत्रकार राष्ट्रिय दबू भक्तपुर शाखाका संस्थापक अध्यक्ष केके मानन्धर, निवर्तमान अध्यक्ष ईश्वरकाजी खाइजु, कृष्ण किसी, सुरेश सैंजु, सीमान्त शिल्पकार लगायत पत्रकारहरुले पु¥याउनुभएको योगदानको उच्च सराहना गरिएको थियो ।त्यस्तै कोषाध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठले पत्रकार राष्ट्रिय दबूमा आबद्ध सञ्चारकर्मीहरुलाई जटिल रोग लागेमा आर्थिक सहायता दिन १५ लाखको अक्षय कोष स्थापना भइसकेको बताउँदै एक वर्षभित्रमा कोषमा रकम बढाएर  ५० लाख पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सो अवसरमा पत्रकार राष्ट्रिय दबूको स्थापनाकालदेखि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएका पत्रकार रत्न श्रेष्ठले उहाँका माता र पिताको स्मृतिमा ‘हरिलाल, श्रीलक्ष्मी लुमन्ति पत्रकारिता सिरपा’ स्थापना गरेको घोषणा गर्नुभयो।पत्रकारिता मार्फत योगदान पु¥याएका सञ्चारकर्मीलाई प्रोत्साहित गर्न १० हजार नगद राशिको सो पुरस्कार स्थापना गरिएको पत्रकार श्रेष्ठले बताउनुभयो । पुरस्कारको लागि कोषाध्यक्ष चन्द्रकृष्ण (गोपाल) श्रेष्ठ मार्फत पत्रकार राष्ट्रिय दबूलाई नगद हस्तान्तरण गरिएको थियो ।

पत्रकार राष्ट्रिय दबू भक्तपुर जिल्लाका अध्यक्ष रामगोपाल तमखुले नेपाली समाजको विविधतालाई सञ्चार क्षेत्रमा प्रतिविम्बित गराउन पत्रकार राष्ट्रिय दबूले काम गर्दै आएको बताउनुभयो । सो अवसरमा पत्रकार राष्ट्रिय दबू भक्तपुरका सचिव देवेन्द्र प्रजापति, कार्यसमिति सदस्य सुन्दर शिल्पकारले संगठन निर्माणका चुनौती र अवसरबारे केन्द्रीत गर्दैै आ आफ्नो धारणा राख्नुभयो ।यसअघि काभ्रे जिल्ला शाखाले फागुन ८ गते साधारण सभागरेको थियो । चैत महिनामा तय केन्द्रको साधारणसभा अघि देशभरका २४ जिल्लामा रहेको शाखाहरुमा सभा हुने क्रममा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्